राजविराजको आईडियल सहकारीमा ३५ प्रतिशत तरलता

राजविराजको आईडियल सहकारीमा ३५ प्रतिशत तरलता
समाचार | 2024-04-15 Share

सप्तरी । राजविराज स्थित आईडियल सहकारी संस्थाले चैत्र महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

संस्थाले सार्वजनिक गरेका विवरण अनुसार चैत्र मसान्त सम्म संस्थामा ३५ दशमलव ७७ प्रतिशत तरलता मौज्दात रहेको छ ।

चैत्र मसान्त सम्म १५ हजार ७ सय ६८ जना शेयर सदस्य आवद्ध भएको संस्थाको शेयर पुँजी १२ करोड ७ लाख ६० हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी बचत संकलन ९४ करोड ९० लाख ६ हजार रुपैयाँ र ऋण लगानी ७९ करोड १७ लाख ७ हजार रुपैयाँ रहेको संस्थाले जनाएको छ । 

यस्तै साधारण जगेडा कोषमा १० करोड ६४ लाख ९९ हजार रुपैयाँ, विभिन्न कोषहरुमा ५ करोड २१ लाख ११ हजार रुपैयाँ र तरलता रकम ३३ करोड ९४ लाख ४८ हजार रुपैयाँ पुगेको संस्थाले जनाएको छ । 

चैत्र मसान्त सम्ममा कुल संस्थागत पुँजी ११ करोड १४ लाख ६० हजार रुपैयाँ र कुल सम्पत्ति १ अर्ब ३१ करोड ७० लाख १४ हजार रुपैयाँ पुगेको छ ।