बलम्बु च्याउ सहकारीको अध्यक्षमा पुनः अमरदिप सिंह
काठमाडौं । बलम्बु च्याउ सहकारी संस्थामा पुन: अमरदिप सिंह महर्जनको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको छ ।
संस्थाका अध्यक्ष अमरदिप सिंह महर्जनको सभापतित्व तथा बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न १६ औं साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो ।
४ बर्षे कार्यकालको लागि उपाध्यक्षमा सुमन श्रेष्ठ,सचिवमा सुजिन्द्र महर्जन र कोषाध्यक्षमा प्रदिप महर्जन रहेका छन् । त्यसैगरी सञ्चालक सदस्यमा धर्मेन्द्र महर्जन, राम महर्जन र दान बहादुर महर्जन रहेका छन् । सभाले लेखा सुपरीवेक्षण समिति संयोजकमा पुष्कर महर्जन र सदस्यहरुमा जित बहादुर महर्जन र मिलन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।]
बलम्बुको क्वाथः मैदानमा भएको साधारण सभामा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । साधारण सभामा स्थानीय बाजा खलःहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी सभामा संस्थाका दुई असल बचतकर्ता, दुई असल ऋणी सदस्य, एक असल शेयर सदस्य र एक युवा उद्यमीलाई पनि सम्मान गरिएको थियो । क्यान्सर पिडित सदस्य अञ्जली श्रेष्ठलाई उपचारमा सहयोग पुन्याउने उदेश्यले ५० हजार आर्थिक सहयोग गरिएको थियो ।