‘सहकारीप्रतिको अविश्वास चिर्न आवश्यक छ’

पाठक प्रतिक्रिया...
सहकारी सञ्चार मासिक पत्रिका र अनलाईनले सहकारी संघ/संस्थाहरुलाई सहकारीका समसामयिक विषय बस्तुवारे महत्वपूर्ण जानकारी दिँदै आएको छ । यी पत्रिकाले प्रकाशन गर्ने विभिन्न विषय विज्ञको विश्लेषणात्मक लेख, विचार, दृष्टिकोण, अन्तरर्वार्ता आदि सामग्रीबाट हामीजस्ता सहकारीकर्मीले धेरै सिक्ने बुझ्ने अवसर पाएका छौं । सहकारी अभियान र राज्यका नियामक निकायले जारी गर्ने सूचना तथा निर्देशनबारे जानकारी पाउनेगरेका छौं ।
अहिले धेरै सहकारी संस्थाकाका सदस्यहरुलाई सहकारी के हो भन्ने कुरा बुझाउन सकिएको छैन । संचालक समितिले सहकारीलाई मूल्य, मान्यता, सिद्धान्त, विधि र पद्धति अनुसार चल्न नदिई अनावश्यक हस्तक्षेप गर्दा समस्या उत्पन्न भएको छ । सहकारीले गरिवीको रेखामुनी रहेका जनताको आर्थिक अवस्था उकास्न स–सानो कर्जा बिना धितो पनि लगानी गर्नुपर्ने हुन्छ । तर सहकारीले नियम विपरित घरजग्गाको कारोबारमा ठूलो रकम लगानी गर्दा समस्या उत्पन्न भएको छ । यसको राज्यको अनुगमन फितलो भएको छ । यसरी नै सहकारी प्रति आम मानिसमा अविश्वास बढ्दै जाने हो भने सहकारीको अस्तित्व समाप्त हुन्छ कि भन्ने भय पैदा भएको छ ।
सहकारीको समस्या हल गर्नका लागि संचालक समितिले चलाएको ऋणहरु तत्काल फिर्ता गर्नुपर्छ । सदस्यहरुलाई सहकारी भनेको मेरो पनि हो । यसमा मेरो पनि दायित्व छ भन्ने कुराको महसुस गराउने खालको तालिमको ब्यवस्था गर्नुपर्छ । संस्थालाई ऐन, नियमावली, विनियमावली अनुरुप चलायमान गराउनुपर्छ । सहकारीले आफ्ना सदस्यहरुलाई नजिकमा राखेर सम्पूर्ण कारोबार संस्थामार्फत गर्न लगाउनु पर्छ । सहकारीको ऋण नतिर्ने ऋणीहरुबाट ऋण असुली गराउन राज्यले पहल गर्नुपर्छ । राज्यले तत्काल सहकारीको अनुगमन गरेर राहतका लागि उचित खालको कोषको ब्यवस्था गर्नुपर्छ । सहकारी सञ्चार मासिक र अनलाईनले यिनै विषयबस्तुलाई आफ्नो प्रकाशनमा प्राथमिकता दिन आवश्यक छ ।
प्रकाश कटुवाल
प्रवन्धक
खोटाङ्ग जलेश्वरी साकोस, काठमाडौं