बजेटमा सहकारीः सरकारले बचतकर्ताको पैसा फिर्ता गर्न चक्रिय कोष स्थापना गर्ने

बजेटमा सहकारीः सरकारले बचतकर्ताको पैसा फिर्ता गर्न चक्रिय कोष स्थापना गर्ने
गृहपृष्ठ | 2025-05-30 Share

काठमाडौं । सरकारले सहकारीमा जम्मा गरेको पैसा फिर्ता नपाएर पीडित बनेका बचतकर्ताको पैसा फिर्ता गर्नका लागि चक्रिय कोष स्थापना गर्ने भएको छ ।

सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम बिक्री गरेर प्राप्त हुने रकम पीडित बचतकर्ताहरुलाई फिर्ता गर्ने उद्देश्यले कोष स्थापना गर्न लागिएको हो ।

आर्थिक वर्ष (आ.व.) २०८२/८३ को संघीय बजेट सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले कोषका लागि बिउ पुँजीको ब्यवस्था गरेका हुन् ।

साथै उनले सहकारी संस्थामा रहेको पाँच लाख रुपैयाँ सम्मको बचत रकमको निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत निक्षेप सुरक्षण कोष मार्फत निक्षेप सुरक्षण गर्ने उल्लेख गरेका छन् ।

यसैगरी सरकारले बजेटमार्फत सहकारी ऋण असुली न्यायाधिकरण स्थापना गर्ने जनाएको छ । समस्याग्रस्त सहकारीका संचालक, पदाधिकारी र कर्जा अपचलनकर्ताको सम्पत्ति र राहदानी समेत रोक्का गर्ने बजेटमा उल्लेख छ ।