चन्द्रागिरि साकाेसकाे आयाेजनामा ‘महिला स्वास्थ्य शिविर’ सम्पन्न

चन्द्रागिरि साकाेसकाे आयाेजनामा ‘महिला स्वास्थ्य शिविर’ सम्पन्न
समाचार | 2026-03-11 Share

काठमाडौं । ११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले ‘महिला स्वास्थ्य शिविर’ सुरु गरेको छ।

संस्थाको महिला सशक्तिकरण उपसमितिको आयोजनामा  सुरु भएको उक्त शिविर फागुन २६ गतेसम्म सञ्चालन हुने छ। शिविरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा परामर्श सेवा उपलब्ध गराईएको थियो।

शिविरको समुद्घाटन सत्रमा महिला सशक्तिकरण उपसमिति संयोजक मिना कुमारी खरालले महिला दिवसको ऐतिहासिक पृष्ठभूमि र यसको महत्वको बारेमा चर्चा गरेकी थिइन् । स्त्रिरोग विशेषज्ञा डा. मनिषा शाह लगायतको टोलीले सहभागी महिलाहरुलाई अभिमुखीकरण गरेका थिए । कार्यक्रमा सञ्चालक समितिका उपाध्यक्ष हरिहर सिग्देल, लेखा सुपरिवेक्षण समितिका संयोजक भानु प्रकाश ढकाल, सचिव शरद कुँवर, सहसचिव दिलकुमारी महर्जन लगायत समिति उपसमितिका सदस्यहरु सहित महिला कर्मचारीहरु र सदस्यहरुको उपस्थिति थियो । 


फाल्गुण २४ गते पहिलो दिनको स्वास्थ्य शिविरमा १०७ जना महिलाहरुले परामर्श सेवा र ६४ जनाले स्वास्थ्य परीक्षण गरेका थिए ।  कार्यक्रम अवधिभर करिब ३ सय जना महिला सदस्यहरुले यस कार्यक्रमबाट आफ्नो स्वास्थ्य परीक्षण गराई लाभ लिने अपेक्षा संस्थाले गरेको छ । कार्यक्रम मेघा हस्पिटल र मेडस्टार पोलिक्लिनिकको प्राविधिक सहयोगमा भएको संस्थाले जनाएको छ।