सगुन साकोसद्वारा महिला उद्यमीलाई सम्मान

सगुन साकोसद्वारा महिला उद्यमीलाई सम्मान
समाचार | 2026-03-11 Share

सर्लाही । हरिवन ११ सर्लाहीमा मुख्य कार्यालय रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

संस्थाले ११६ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अन्तरक्रिया तथा उद्यमी सम्मान कार्यक्रम आयोजना गरेको हो ।

संस्थाको महिला उपसमितिको आयोजनामा  संचालक तथा महिला उपसमिति संयोजक  बाला कुमारी खड्का थापाको अध्यक्षता भएको कार्यक्रममा संस्थाका अध्यक्ष  केशव प्रसाद ढकाल  लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा श्रम तथा विभिन्न पेशामा रही  उद्यमी बनेका तीन जना महिलालाई सम्मान गरिएको थियो । 

संस्थाले सो अवसरमा ईलेक्ट्रोनिक ब्यवसायी  प्रमिला खड्का, होटल ब्यवसायी रोहेणी कुमारी रघुवंसी र कृषि व्यवसायी एलिजा थापालाई सम्मान गरेको  हो । यस आर्थिक बर्षको माघ मसान्तसम्म संस्थाको शेयर पुँजी १५ करोड २५ लाख, जगेडा कोष १३ करोड ९२ लाख,संस्थागत पुँजी १४ करोड ६०  लाख र अन्य कोषहरु २६ लाख रहेको छ । संस्थाले त्यस अवधिमा १ अर्ब ४१ करोड ५१ लाख बचत संकलन गरी १ अर्ब २० करोड ३३ लाख ऋण लगानी गरेको प्रबन्धक रबिन्द्र रानाले बताए । संस्थामा १४ हजार माथि सदस्य रहेका छन् भने महिला सदस्य ८ हजार ८ सयको हारहारीमा रहेका छन् । संस्थाको कुल सम्पत्ति १ अर्ब ८९ करोड ८० लाख पुगेको छ ।