७ बुँदे प्रतिवद्धता जारी गर्दै सकियो साकोस शिखर गोष्ठी २०८२

७ बुँदे प्रतिवद्धता जारी गर्दै सकियो साकोस शिखर गोष्ठी २०८२
समाचार | 2025-12-21 Share

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून)ले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को  अवसरमा  आयोजित ‘साकोस शिखर गोष्ठी २०८२’ सात बुँदे प्रतिवद्धता जारी गर्दै सकिएको छ ।

ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा पौष ३ र ४ गते भएको गोष्ठीमा ५१ जिल्लाबाट ८०० जना संघरसंस्थाहरुको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र उच्च व्यवस्थापनमा कार्यरत कर्मचारीहरुको प्रतिनिधित्व  रहेको थियो । नियामकीय अनुकूलन विषयक शिखर गोष्ठीका सहभागीहरुले आफ्नो संघरसंस्थामा नियामक र अभियानले तय गरेका मापदण्डमा आधारित रही आन्तरिकरुपमा अनुगमन, नियमन गरी गराई संगठनलाई सही मार्गमा डोर्याउन सात बुँदाहरुमा सहमत भएका छन् ।

गोष्ठीले विशेष गरी अभियान र सरकारको सहकार्यमा दीगो र सुरक्षित संस्था निर्माणमा वित्तीय कारोबार गर्ने सहकारीहरुका लागि विशेष ऐनको माग गरेको छ। सम्पत्ति शुद्धिकरण निवारण ऐनको प्रभावकारी कार्यान्वयन गरी सरकारको प्रयासलाई निरन्तर सहयोग गर्ने समेत प्रतिवद्धता जनाएका छन्।

सात बुँदे प्रतिवद्धता पत्र  

१) हामी संघरसंस्थामा विद्यमान कानूनी वातावरणले ल्याएको परिमार्जनलाई आत्मसाथ गर्दै आन्तरिक कार्यढाँचामा अनुकुलन गर्न अभियान र सरकारको सहकार्यमा दीगो र सुरक्षित संस्था निर्माणमा वित्तीय कारोबार गर्ने सहकारीहरुका लागि अभियानले आवश्यक ठानेको विशेष ऐनको माग गर्दछौं । 

२) बचत तथा ऋण सहकारी सञ्चालनमा विद्यमान कानूनहरु लगायत विद्यमान समयमा नेपाल सरकारको अधिक ध्यानाकर्षण भएको सम्पत्ति शुद्धिकरण निवारण ऐनको प्रभावकारी कार्यान्वयन गरी सरकारको प्रयासलाई निरन्तर सहयोग गर्न प्रतिवद्ध छौं ।

३) बचत तथा ऋण सहकारी अभियानमा हाल सम्म नेतृत्वको फराकिलो सोच र योगदानबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्दै हालैका दिनहरुमा सहकारी क्षेत्रमा देखिका चुनौतीहरुको सामना गर्न सहकारी मूल्य मान्यता सिद्धान्तलाई आत्मानुभूति गरी उच्च प्राथमिकतामा राखी कार्यव्यवहारमा उतार्न निरन्तर सिकाई मार्फत सहकारी मूल्यमा आधारित नेतृत्वनिर्माणमा प्रतिवद्ध छौं ।

४) सहकारी क्षेत्रको जोखिम व्यवस्थापनलाई सबल बनाउन अभियानले विकास गरेको स्वनियमनमा आधारित नियमित सघन सुपरिवेक्षण कार्यढाँचा ९स्क्यान० र स्थिरीकरण कोषमा आवद्ध भई नियमित रुपमा नियमनकारी आवश्यकता परिपूर्ति गर्दै संस्थामा जोखिम न्यूनिकरण गर्न प्रतिवद्ध छौं ।

५) बचत तथा ऋण सहकारी अभियानमा भएको श्रोतहरुको उचित एवम् सन्तुलित परिचालन गर्न बजार सृजना, वित्तीय साक्षरता एवम् शिक्षा, उद्यमशिलता विकास र प्राविधिक शिक्षालाई जोड दिन प्रतिवद्ध छौं ।

६) बचत तथा ऋण सहकारीको आन्तरिक कार्यसञ्चालनलाई चुस्त एवम् दुरुस्त बनाउन अभियानले निर्दिष्ट गरेको नीति, विधि, पद्धति र एकिकृत प्रविधि अवलम्बन गरी स्तरीय संस्था सञ्चालनमा प्रतिवद्ध छौं ।

७) बचत तथा ऋण सहकारी अभियानको वित्तीय सन्तुलन कायम राखी दीगो र प्रतिस्पर्धि अभियान निर्माणका लागि संघको श्रोत परिचालनमा केन्द्रीय तरलता बचत र विशिष्टिकृत बचत कारोबारहरुको विश्वव्यापी कार्यढाँचाको परिमार्जनलाई निरन्तरता दिन प्रतिवद्ध छौं ।