सिवाइसी साकोस गुप्तेश्वर सदस्य सेवा केन्द्र इकाइको साधारण सभा सम्पन्न
पर्वत : सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड अन्तर्गत गुप्तेश्वर सदस्य सेवा केन्द्र कुश्मा इकाइको साधारण सभा सम्पन्न भएको छ ।
सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको १६ औँ वार्षिक साधारण सभा कार्यक्रम अन्तर्गत “घर घर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शून्य बनाऊ“ भन्ने मूल नाराका साथ सम्पन्न हुन लागिरहेको छ । सोही सन्दर्भमा गुप्तेश्वर सदस्य सेवा केन्द्रको साधारण सभा सम्पन्न भएको हो ।
सेवा केन्द्रका संयोजक किशोर भण्डारीको अध्यक्षता, सिवाइसी साकोसका केन्द्रीय अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेल र सहसचिव सुवास आचार्यको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सदस्यहरूको जिज्ञासा मेटाउँदै केन्द्रीय अध्यक्ष पौडेलले सिवाइसीको लक्ष्य, धेय, उद्देश्य, पृष्ठभूमि, स्थापनाका सेवा सुविधाहरू, संस्थाको हालको अवस्था, आगामी लक्ष्य तथा कार्यक्रमहरू, संस्थाको वित्तीय तथ्य प्रस्तुत गर्नुभयो । कार्यक्रममा सेवा केन्द्रका सचिव तथा कोषाध्यक्षको प्रतिवेदन, केन्द्रीय प्रतिवेदन, आगामी कार्यक्रम तथा रणनीति, लेखा परीक्षण प्रतिवेदन, लेखा परीक्षक नियुक्त लगायतका विषय सर्व सहमतिमा अनुमोदन भएका छन् ।
सेवा केन्द्रका सचिव रामचन्द्र लामिछानेले आर्थिक वर्ष २०८१÷०८२ को प्रगति प्रतिवेदन, आगामी लक्ष्य तथा कार्यक्रमहरू प्रस्तुत गर्नुभयो । कोषाध्यक्षको आर्थिक प्रगति तथा आर्थिक वर्ष २०८२÷०८३ को अनुमानित बजेट तथा कार्यक्रमहरू प्रस्तुत गरिएको छ ।
सोही कार्यक्रममा नयाँ ग्रिन कार्ड प्राप्त गर्ने सदस्यहरूका रूपमा अशोक श्रेष्ठ, कमल आचार्य, पवित्रा पुर्जा पुन घोषणा हुनुभएको छ । असल बाल बचतकर्तामा निष्कर्ष मलोपति, असल बचतकर्तामा माया सुवेदी, असल उद्यमी सदस्यमा ओम प्रसाद सापकोटा, असल सदस्यमा कृष्ण प्रसाद पौडेल, ज्येष्ठ सदस्य सम्मान तथा सुविधातर्फ लोकनाथ आचार्य र कर्ण बहादुर कर्माचार्य सम्मानित तथा पुरस्कृत हुनुभएको छ ।
सेवा केन्द्रका परामर्शदाता माधव पौडेलको स्वागत तथा पहिला उपस्थित हुने सदस्य गीतादेवी पौडेलको उद्घाटनमा कार्यक्रम सञ्चालन भएको थियो । साधारण सभामा सेवा केन्द्रका संयोजक किशोर भण्डारीले कार्यक्रम सफल पार्न सहयोग गर्ने सङ्घ संस्था, विभिन्न आमा समूह, केन्द्रीय अध्यक्ष तथा सहसचिव लगायतमा धन्यवाद ज्ञापन गर्नुभयो ।


