संघीय सहकारी विभागको रजिष्ट्रारमा सुशील ढकाल

संघीय सहकारी विभागको रजिष्ट्रारमा सुशील ढकाल
समाचार | 2026-01-02 Share

काठमाडौं । सरकारले सहकारी विभागको रजिष्ट्रारमा सुशील ढकाललाई नियुक्त गरेकाे छ ।

यस अघिका रजिष्ट्रार उमेश ढुंङ्गाना लमजुङ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा सरुवा भएपछि ढकाललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले रजिष्ट्रारकाे जिम्मेवारी दिएकाे हो ।

राष्ट्रपतिको कार्यालयबाट सरुवा भई सहकारी विभागमा आएका ढकालले बिहीबार पदबहाली गरेको उपरजिष्ट्रार एवं सूचना अधिकारी शशिकुमार लम्सालले जानकारी गराए ।

ढकालका भन्दा अघि २०८१ चैत ४ गते सोमबार विभागको रजिष्ट्रारमा पदबहाली भएका उमेश ढुङ्गानाले करिब ९ महिना जिम्मेवारी सम्हालेका  थिए ।