भिमेश्वर बहुउदेश्यीय सहकारीले पायो उद्यमी विधा तर्फको सम्मान

भिमेश्वर बहुउदेश्यीय सहकारीले पायो उद्यमी विधा तर्फको सम्मान
समाचार | 2026-01-04 Share

काठमाडौं । दोलखाको भीरकोटमा रहेको भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्था सम्मानित भएको छ । जिल्ला सहकारी संघ दोलखाको २० औँ वार्षिक साधारण सभाको अवसरमा संस्था यस वर्षको असल व्यवसायी र उद्यमीको रूपमा सम्मानित भएको हो ।

सहकारी क्षेत्रमार्फत उद्यमशीलता प्रवद्र्धन, वित्तीय अनुशासन कायम गर्न तथा सदस्यहरूको आर्थिक सशक्तीकरणमा पुर्याएको योगदानको कदर गर्दै संघले उक्त संस्थालाई सम्मान गरेको हो । तामाकोशी गाउँपालिका १ भिरकोटमा रहेको उक्त संस्थाले कुखुराको दाना उत्पादन गरी विक्री गर्दै आएको छ ।

त्यसैगरी सहकारी माफर्त सदस्यहरुलाई सहज रुपमा ऋण परिचालन गरी उनीहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा सहयोग पुर्याउदै आएको छ । संघका अध्यक्ष देवीप्रसाद शर्मा फुयालको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश बन तथा वातावरण मन्त्री भरतबहादुर केसीले सम्मान प्रदान गरेका थिए । सो अवसरमा संस्थाका अध्यक्ष  सिताराम उप्रेती र व्यवस्थापक उदय कटुवालले सम्मानपत्र ग्रहण गरेका थिए ।