उज्वल भविष्य साकोसको अठारौं वार्षिक साधारण सभा सम्पन्न

उज्वल भविष्य साकोसको अठारौं वार्षिक साधारण सभा सम्पन्न
समाचार | 2026-01-07 Share

काठमाडौं । टोखा–५, बसुन्धरामा कार्यालय रहेको उज्वल भविष्य बचत तथा ऋण सहकारी संस्थको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष बाबुराम घिमिरेको सभापतित्वमा आयोजित सभा पुस १९ गते सम्पन्न भएको हो ।

स्थानीय गोधुली फूडल्याण्ड एण्ड पार्टी प्यालेसमा आयोजित सभामा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी र नगरपालिका सहकारी शाखा प्रमुख कमला कार्कीले नगरपालिकाको सहकारी सम्बन्धी ऐन, नियम, नीति तथा कार्यक्रमको विषयमा जनकारी गराएका थिए ।

सभामा दिवाकर प्रसाद दाहाल, टिकाराम दाहाल, लक्ष्मी प्रसाद गेलाल, हेमकान्त पराजुली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका सचिव भूपाल आचार्यले संचालन गरेको कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीलाई संस्थाका संचालक सदस्य लोकराज वेल्वासेले स्वागत गरेका थिए । समारोह संचालन गर्नका लागि संस्थाका ब्यवस्थापक रमेश थपलियाले सहजीकरण गरेका थिए ।

साधारण सभामाले कर्मचारी प्रशासन नीति, सदस्यता नीति तथा कार्यविधि, आर्थिक तथा प्रशासनिक कार्यविधि, सुशासन कार्यविधि, ऋण अपलेखन कार्यविधि, बैंकिङ कारोबार तथा नगद ब्यवस्थापन कार्यविधि, धितो लिलामी कार्यविधि र निर्वाचन सम्बन्धी कार्यविधि पारित गरेको छ ।

साधारण सभामा संस्थाका अध्यक्ष घिमिरेले संचालक समितिको तर्फबाट आर्थिक वर्ष (आ.व.) २०८१/८२को वार्षिक प्रतिवेदन पेश गरे । साथै लेखा सुपरीवेक्षण समिति संयोजक डाकुर नाथ पाण्डेले लेखा परीक्षण प्रतिवेदन पेश गरे ।

सभामा पेश भएको प्रतिवेदन अनुसार गत असार मसान्त सम्ममा चुक्ता पुँजी ३ करोड ८० लाख १८ हजार रुपैयाँ रहेको संस्थामा निक्षेप मौज्दात १६ करोड २७ लाख ८४ हजार रुपैयाँ र लगानीमा रहेको कर्जा १३ करोड ५६ लाख ५४ हजार रुपैयाँ कायम भएको छ ।

आ.व. २०८०/८१ राष्ट्रिय सहकारी बैंक, नारायणगोपाल चोक शाखाबाट उत्कृष्ट कारोबार गरेवापत सम्मानित भएको संस्थाले आ.व. २०८१/८२ मा राज्यलाई विभिन्न शीर्षकमा ११ लाख ८३ हजार रुपैयाँ राजश्व बुझाएको छ ।

वातावरण संरक्षण सम्बन्धी गतिविधि समेत गर्दै आएको संस्थाले चालु आ.व.मा सामाजिक कार्यका लागि ५० हजार रुपैयाँ विनियोजन गरेको छ । साथै सदस्य शिक्षा कार्यक्रमका लागि ५० हजार रुपैयाँ र शेयर सदस्य तथा कर्मचारीको अध्ययन अवलोकन भ्रमणका लागि ५० हजार रुपैयाँ छुट्टयाएको छ ।

कृषि, पशुपालन, घरेलु तथा साना उद्योग संचालनमा आवद्ध उद्यमी सदस्यहरुलाई सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्ने कार्यलाई निरन्तरता दिने भएको छ ।

साधारण सभाको अवसर पारेर संस्थाले सामुदायिक विद्यालयमा अध्ययनरत शेयर सदस्यका छोराछोरीहरु मध्येबाट एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने एक जना छात्र र एक जना छात्रालाई सम्मान गरेको थियो ।

यस्तै शेयर सदस्यहरु मध्येबाट ज्येष्ठ शेयर सदस्य र उत्कृष्ट बचतकर्तालाई पनि सम्मान गरेको थियो ।