प्राधिकरणकाे इजाजत नलिई बचत ऋणकाे काराेबार गर्ने सहकारीकाे दर्ता खारेजी हुने
कठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले इजाजत नलिई बचत ऋणकाे काराेबार गर्ने सहकारी संस्थाहरुकाे दर्ता खारेजी गर्ने चेतावनी दिएकाे छ ।
अनलाईन सफ्टवेयर प्रणालीमा संस्था दर्ता अभिलेखिकरण नगरी बचत तथा ऋणको मुख्य कारोबार गरेमा ठगीकाे कसुरमा समेत कारबाही हुने प्राधिकरणले जनाएकाे छ ।
प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने बचत तथा ऋण कृषि बहुउद्देश्यीय लगायतका सबै विषयका सहकारीकाे दर्ता र वर्गिकरण गर्ने जिम्मेवारी आफूमा निहित रहेकाे स्पष्ट पारेकाे छ ।
यसैगरी इजाजतपत्र नलिई बचत तथा ऋणको कारोबार गरेमा घितो रोक्का तथा दृष्टिबन्धक गर्ने कार्य चुक्ता लिन, कर्जा सूचना केन्द्रको सदस्य हुन, वार्षिक बाह्य लेखापरिक्षण गर्न समेत जटिलता आउन सक्ने जनाएको छ ।
प्राधिकरणले फागुन ११ गते भित्र दर्ता अभिलेखीकरण प्रक्रियामा सहभागी भई कारोबार सञ्चालन इजाजतपत्र लिन सूचना जारी गरेको छ ।



