बागमती प्रदेश सहकारी रजिष्ट्रार कार्यालयको सेवा आज देखि ललितपुरबाट

बागमती प्रदेश सहकारी रजिष्ट्रार कार्यालयको सेवा आज देखि ललितपुरबाट
समाचार | 2026-02-01 Share

काठमाडौं । बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले आज देखि काठमाडौं उपत्यकाबाट सेवा प्रवाह गर्न सुरु गरेको छ ।

कार्यालयले एक सूचना जारी गरेर ललितपुरको सानेपा स्थित परिबोध माध्यमिक विद्यालय अगाडि रहेको कार्यालयबाट सेवा प्रवाह गर्न सुरु गरेको जनाएको हो ।

विगतमा मकवानपुरको हेटौंडामा रहेको सहकारी तथा गरिवी निवारण मन्त्रायलले सहकारी तथा गरिवी निवारण महाशाखाबाट प्रदान गर्दै आएको सहकारी सम्बन्धी सबै सेवा अब काठमाडौं उपत्यकामा स्थानान्तरण गरेको हो ।

मन्त्रालयले गत पुस २२ गते रजिष्ट्रार कार्यालयको शुभारम्भ गरेको भएपनि आज देखि औपचारिकरुपमा सेवा दिन सुरु गरेको हो ।