जिल्ला सहकारी संघ काठमाडौंले आयाेजना गरेकाे महिला गोष्ठी सम्पन्न
काठमाडौं । जिल्ला सहकारी संघ लि., काठमाडौंले “सहकारीमा महिला नेतृत्व विकास” सम्वन्धी गोष्ठी सम्पन्न गरेकाे छ ।
बागबजार स्थित हार्दिक हाेटलमा शुक्रबार आयाेजित कार्यक्रम संघकाे महिला उप-समितिकाे आयोजनामा सम्पन्न् भएकाे हाे ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी संचालक ईन्दिरा पन्त प्रमुख अतिथि रहेकी थिईन । साथै उनले गाेष्ठी संचालन गर्न सहजीकरण समेत गरेकी थिईन ।
राष्ट्रिय सहकारी बैंककी संचालक पार्वती थापा विशेष अथिति रहेकाे कार्यक्रममा विभिन्न संघका प्रतिनिधि अतिथि रहेका थिए । कार्यक्रममा काठमाडौं जिल्ला भित्रका विभिन्न प्रकृतिका सहकारीमा आवद्ध महिला सहकारीकर्मीहरुको सहभागिता रहेको थियाे ।
कार्यक्रम धेरै प्रभाकारी भएकाे सहभागीहरुले प्रतिकृया दिएका थिए । कार्यक्रमको समापन संघका उपाध्यक्ष एवं महिला संयोजक विष्णु कुमारी चौलागाईले गरेकी थिईन ।
.jpg)


