जिल्ला सहकारी संघ ललितपुरको अध्यक्षमा जगतलाल महर्जन निर्वाचित

जिल्ला सहकारी संघ ललितपुरको अध्यक्षमा जगतलाल महर्जन निर्वाचित
समाचार | 2026-04-01 Share

जिल्ला सहकारी संघ ललितपुरको हिजो भएको निर्वाचनबाट अध्यक्षमा जगतलाल महर्जन निर्वाचित भएका छन् । उनले अध्यक्षका प्रत्याशी  केदार गोर्खालीलाई  पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचित अध्यक्ष महर्जनले २०१ मत ल्याएका थिए भने उनका प्रत्यासी गोर्खालीले १९२ मत ल्याएका थिए । दुबै जना  प्रजातान्त्रिक  धारका भए पनि जिल्ला संघको समग्र सुधारका लागि ललितपुरको सहकारी अभियानले मर्हजनलाई अघि सारेको थियो । यस अघिका अध्यक्ष गोर्खालीको कार्यशैलीप्रति सन्तुष्ट नभएपछि जिल्ला संघमा मर्हजनको अध्यक्षतामा प्यानल नै खडा गरि निर्वाचन  भएको हो । संघको उपाध्यक्षमा शशि खड्का गुरुङ, कोषाध्यक्षमा पुरुषोतम वजगाई र लेखा समिति सदस्यमा इन्द्रकुमारी थापा भने निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी संघको सचिवमा अनिल विर बज्रचार्य र संचालकहरुमा सविना तण्डुकार, इन्द्रकुमारी शाक्य,राम गोविन्द्र मर्हजन,उपेन्द्र अवाले र दिपेन्द्र रमण डंगोल निर्वाचित भएका छन् ।

त्यसैगरी संघको लेखा सुपरीवेक्षण समिति संयोजकमा  प्रल्लाद विष्ट र सदस्यमा ठक्कर घिमिरे  निर्वाचित भएका छन् । कुनै  समय सहकारी अभियानमा सक्रिय संघको रुपमा पहिचान बनाउन सफल जिल्ला संघ ललितपुर पछिल्लो केही बर्षयता निस्कृय जस्तै  बनेको थियो । जिल्लामा रहेका सहकारी संस्थाहरुको अभिभावक संघको रुपमा रहेको उक्त संघको भूमिकालाई पुनः स्थापित गरी अभियानको विकास र  प्रवर्दनमा  काम गर्नु नवनिर्वाचित कार्य समितिको चुनौती रहेको छ ।