चिनारी साकोसले असार महिनाभरि व्याज र जरिवानामा छुट दिने

चिनारी साकोसले असार महिनाभरि व्याज र जरिवानामा छुट दिने
समाचार | 2021-06-20 Share

काठमाडौं । गोकर्णेश्वरमा कार्यालय रहेको चिनारी बचत तथा ऋण सहकारी संस्थाले कोरोना भाईरस (कोभिड–१९) महामारीको प्रभावमा परेका सदस्यलाई व्याज र जरिवाना छुट गरिदिने भएको छ । 

संस्थाले असार मसान्त सम्म व्याज बुझाउने सदस्यलाई तिरेको व्याजमा अधिकतम १० प्रतिशत सम्म छुट गर्ने जनाएको हो ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको मिति बैशाख १६ देखि देखि असार मसान्त सम्ममा व्याज बुझाउन आउने दिन सम्मको अवधिमा पाकेको व्याजमा उक्त छुट दिने संस्थाका कार्यकारी अधिकृत प्रेम लाल श्रेष्ठले बताउनुभयो ।

साथै असार मसान्त सम्ममा एकमुष्ठ ऋण रकम बुझाउने सदस्यलाई व्याजमा १० प्रतिशत छुट दिनुका अतिरिक्त शतप्रतिशत जरिवाना मिनाहा गरिदिने जानकारी दिनुभयो । 

यसैगरी पूर्णरुपमा ऋण चुक्ता गर्न नसक्ने सदस्यलाई संस्थाले तिर्न बाँकी ऋणको न्यूनतम ३० प्रतिशत हिस्सा बुझाएर नविकरणका लागि निवेदन दिनमिल्ने सुविधा दिएको छ ।