अलौकिक सपनावती साकोसको साधारण सभा असोज १९ देखि २२ सम्म

अलौकिक सपनावती साकोसको साधारण सभा असोज १९ देखि २२ सम्म
समाचार | 2021-09-17 Share

काठमाडौं । बौद्ध टुसालमा रहेको अलौकिक सपनावती बचत तथा ऋण सहकारी संस्थाको एकीकरण पछिको पहिलो वार्षिक साधारण सभा असोज १९ गतेबाट हुने भएको छ ।

संस्थाले एक सूचना प्रकाशित गरेर केन्द्रीय कार्यालय र  सेवा केन्द्रमा  उपस्थित भएर ससस्यले सहभागिता  जनाउन सक्ने  जनाएको छ । संस्थाले साधारण सभाको समापन २२ गते शुक्रबार गर्ने जनाएको छ । 

कोरोना भाईरस (कोभिड–१९) महामारीले स्वास्थ्य सुरक्षामा उत्पन्न गरेको जोखिमलाई मध्यनजर गर्दै साधारण सभा सिमित उपस्थितिमा गर्न लागेको  हो । उक्त दिन भित्रमा सदस्यहरुले आफूलाई पाएक पर्ने सेवाकेन्द्र तथा मुख्य कार्यालयमा उपस्थिति जनाउन सकीने जनाएको छ । 

सहकारी विभागले महामारीको समयमा सुरक्षित रुपमा साधारण सभा सम्पन्न गर्न जारी गरेको मापदण्ड अनुसार सभा गर्न लागेको संस्थाले जनाएको छ ।सभामा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन माथि छलफल हुने छ भने सभामा  संस्थाको सेयर लाभांस र संरक्षित पूँजी फिर्ता कोष तथा संस्था एकिकरण लगायतका विषयमा छलफल हुने जनाइएको छ ।