बजरंगबली साकोसको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

बजरंगबली साकोसको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर
समाचार | 2021-10-10 Share

भक्तपुर । मध्यपुर थिमि नगरपालिका वडा नं. १, लोहकिल्थलीमा रहेको बजरंगबली बचत तथा ऋण सहकारी संस्थाले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । 

संस्थाले असोज १६ गते स्पार्क–अर्थो न्यूरो सेन्टर, गठ्ठाघरको प्राविधिक सहयोगमा भक्तपुर निस्ट स्कुल लोहकिल्थलीमा हाड जोर्नी, नसा सम्बन्धी स्वास्थ्य शिविर संचालन गरेको हो ।

बिहान १० वजे देखि दिउँसो ३  वजे सम्म संचालित स्वास्थ्य शिविरमा ६४ जना महिला र १६ जना पुरुष गरि जम्मा ८० जनाले स्वास्थ्य जाँच गराई लाभ लिनुभएको थियो । 

स्पार्क–अर्थो न्यूरो सेन्टर गठ्ठाघर डा. अनिल कुमार महतोको नेतृत्वमा पाँच जना स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य जाँच गर्नुभएको थियो ।