प्राधिकरणमा चैत्र १७ भित्र विवरण प्रविष्ट नगर्ने सहकारीले बचत ऋणकाे काराेबार गर्न नपाउने
काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले यही चैत्र १७ गते सम्ममा दर्ता अभिलेखीकरण कार्यका लागि विवरण नबुझाउने सहकारीलाई इजाजत नदिने
स्पष्ट पारेको छ ।
प्राधिकरणले तोकिएको समय भित्र बचत तथा ऋणको मुख्य कारोबार गर्ने मुलुकभरिका सहकारी संस्थाहरुलाई दर्ता अभिलेखीकरण प्रयोजनका लागि अनिवार्य अनलाईन प्रणालीमा विवरण प्रविष्ट गर्न ताकिता गरेको हो ।
आईतबार एक सूचना जारी गर्दै प्राधिकरणले सबै सहकारी संस्थाहरुलाई अभिलेखीकरणका लागि तोकिएको दस्तुर भुक्तानी गरेको बैंक भौचर सहित अनलाईनमा विवरण प्रविष्ट गर्न आग्रह गरेको हो ।
यद्यपि प्राधिकरणले चैत्र १७ गते सम्ममा दस्तुर भुक्तानी गर्ने सहकारी संस्थाहरुले कुनै कारणवश प्रणाली सम्पूर्ण विवरण प्रविष्ट गर्न नसकेको अवस्थामा आगामी बैशाख १७ गते सम्ममा पूर्ण विवरण प्रविष्ट गर्न सक्ने जनाएको छ ।

