प्राधिकरणद्वारा मणिपुर साकोसलाई संचालन इजाजतपत्र प्रदान
काठमाडौं । जोरपाटी स्थित मणिपुर बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट संचालन इजाजतपत्र प्राप्त गरेको छ ।
साविकको डिभिजन सहकारी कार्यालय, काठमाडौंमा दर्ता भएर बचत ऋणको मुख्य कारोबार गर्दै आएको संस्थाले प्राधिकरणबाट चैत्र २ गते इजाजतपत्र प्राप्त गरेको हो ।
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम संस्थालाई संस्थालाई प्राधिकरणले २०६५–००६७६ नम्बरको इजाजतपत्र प्रदान गरेको हो ।
प्राधिकरणले गत मंसिर १० गतेबाट अनलाईन मार्फत मुलुकभरिका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको दर्ता अभिलेखीकरण कार्य सुरु गरेको हो ।
प्राधिकरणले दर्ता अभिलेखिकरणका लागि माघ १० गते सम्मको अवधि तोकेको भएपनि दर्ता प्रकृया निरन्तर भईरहेको र सबै सहकारीलाई तोकिएको समयभित्र विवरण प्रविष्ट गर्न समय अपुग हुने देखिएको भन्दै ३० दिन समय थप गरेको छ ।
सहकारी ऐन, २०७४ संशोधन भएर प्राधिकरण गठन भएपछि बचत ऋणको मुख्य कारोबार गर्ने मुलुकभरिका सबै सहकारी संस्था प्राधिकरणमा दर्ता भएर संचालन ईजाजतपत्र लिन लिनुपर्ने भएको हो ।
यस अघि संघ, प्रदेश वा स्थानीय तहबाट दर्ता प्रमाणपत्र लिएको भएपनि प्राधिकरणबाट इजाजत नलिई बचत तथा ऋणको मुख्य कारोबार गर्न नपाउने कानुनी व्यवस्था रहेको छ ।
