महासंघका अध्यक्ष कडेल आइसीए एपी क्षेत्रीय बोर्डमा निर्वाचित

महासंघका अध्यक्ष कडेल आइसीए एपी क्षेत्रीय बोर्डमा निर्वाचित
समाचार | 2021-11-30 Share

ललितपुर । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्रसान्त क्षेत्रको क्षेत्रिय बोर्ड सदस्यमा निर्वाचित हुनुभएको छ ।

आइसीए एपीको आज नोभेम्बर ३० मा भएको निर्वाचनमा कडेल निर्वाचित हुनुभएको हो । उहाँले पाँचौं सर्वाधिक मत प्राप्त गदैै आइसीए एपीमा निर्वाचिन हुनुभयो ।

त्यसैगरी भारतका चन्द्रपाल सिंह यादव आइसीए एपीको अध्यक्षमा निर्वाचित हुनुभएको छ । चिनका जेनहोङ र मलेसियाका डाटो डा. अब्दुल फताह अबदुल्लाह उपाध्यक्ष मा निर्वाचित हुनुभयो । यस अघि आइसीए एपीमा महासंघका निर्वतमान अध्यक्ष केशव बडाल संचालक समितिमा हुुनुहुन्थ्यो ।

मिनराज कडेल दुई-दुई  वर्ष एसियाली ऋण महासंघको प्रथम र द्धितिय उपाध्यक्ष समेत भैसक्नुभएको छ । उहाँ करिब २६ बर्षदेखि सहकारी अभियानमा सक्रिय रहदै आउनुभएको छ । सन् २०७६ पुस २५ गते उहाँ राष्ट्रिय सहकारी महासंघमा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।