शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट संचालनको १६औं वर्षमा

काठमाडौं । चावहिल चुच्चेपाटीमा प्रधान कार्यालय रहेको शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि. स्थापनाको १६औं वर्षमा प्रवेश गरेको छ । तत्कालिन डिभिजन सहकारी कार्यालयमा २०६७ साल असार १६ गते दर्ता भई संस्था संचालनमा आएको थियो ।
स्थापना दिवसको अवसरमा संस्थाले सम्पूर्ण शेयर सदस्य, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्जा लगानी उपसमिति, लगायत सम्पूर्ण शुभेच्छुक एवम् शुभचिन्तक महानुभावमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
संस्थाका अध्यक्ष बिदुर बस्नेत र प्रमुख कार्यकारी निर्देशक फडिन्द्र कुमार खड्काले संयुक्त रुपमा हार्दिक आभार एवम् प्रतिबद्धता जारी गर्दै भनेको छ, ‘वर्तमान अवस्थामा केही सहकारी संस्थाहरुमा देखिएको आर्थिक असहजताका कारण सम्पूर्ण सहकारी क्षेत्र नै आशंकाको घेरामा परेको समयमा पनि संस्थामा आवद्ध सम्पूर्ण शेयर सदस्य, शुभेच्छुक एवम् शुभचिन्तक महानुभावहरुको साथ, सहयोग, विश्वास अनि भरोसाले गर्दा नै हामी निरन्तर रुपमा गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्न सफल भएका छौं ।
यो अवधीमा संस्थाले हासिल गरेका विभिन्न वित्तीय सूचकांकलाई हामीले संस्था प्रति यहाँहरुको थप माया अनी विश्वासका रूपमा लिएका छौं । ‘तपाईको वित्तीय साझेदार’ भन्ने नारालाई मुल मन्त्र मानी सहकारी संस्थाहरुको माझमा शुभप्रवा सहकारीले बेग्लै पहिचान बनाउन सफल भएको छ, यसको हकदार सम्पूर्ण सेयर सदस्यहरु नै हुनुहुन्छ ।’
सहकारीका अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्तहरुलाई आत्मसाथ गर्दै बचत तथा ऋण कारोबारसँगै सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा विभिन्न सामाजिक, सांस्कृतिक एवम् रचनात्मक पक्षमा काम गर्ने व्यक्ती तथा संघ संस्थाहरुसँगको सहकार्यमा आफ्ना गतिविधि संचालन गर्दै ती व्यक्ती तथा संघ सस्थाहरुलाई आर्थिक सहयोगका साथै सम्मान समेत गर्दै आएको र त्यस्ता व्यक्ति तथा संघ संस्थासँग सहकार्य गर्दै आगामी दिनहरुमा अगाडि बढ्ने प्रतिबद्धता संस्थाले व्यक्त गरेको छ ।
इन्टरनेटको माध्ययमबाट गरिने वित्तीय कारोबारलाई व्यवस्थित, गुणस्तरीय, समयसापेक्ष सुरक्षित तथा प्रवाभकारी बनाउन क्लाउड बेस व्याकअप सिस्टक, शुभप्रवा डेबिड कार्ड, मोबाईल बैंकिङ लगायत डिजिटल कारोवारलाई व्यवस्थित एवम् गुणस्तरीय बनाउँदै विभिन्न रेमिट्यान्स कम्पनीहरुको एजेन्ट भई रेमिट सेवा समेत संस्थाले प्रवाह गर्दै आएको छ । आगामी दिनहरुमा अझ गुणस्तरिय एवम् विश्वसनीय वित्तीय सेवा प्रदान गर्दै जाने प्रतिवद्धता संस्थाले व्यक्त गरेको छ ।
२०८२ जेठ मसान्तसम्म संस्थाको सेयर पुँजी १० करोड १२ लाख रहेको छ । संस्थाको जगेडा कोषमा ४ करोड ७५ लाख, कुल संस्थागत पुँजी ४ करोड ८३ लाख, विभिन्न कोषमा ८ करोड ९ लाख, कुल बचत ७६ करोड ६५ लाख, कुल लगानी ६० करोड ८० लाख, तरलता रकम २७ करोड ४२ लाख (३५.७७ प्रतिशत) र कुल सम्पत्ति १ अर्ब ३ करोड ६५ लाख रहेको छ ।