काठमाडौं महानगरपालिकाले सहकारी हेर्न अनुगमन संयन्त्र गठन गर्ने

काठमाडौं महानगरपालिकाले सहकारी हेर्न अनुगमन संयन्त्र गठन गर्ने
समाचार | 2022-06-19 Share

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारीको जोखिम ब्यवस्थापन गर्न अनुगमन संयन्त्र गठन गर्नेभएको छ ।

महानगरपालिकाले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा बचत तथा ऋण सहकारीको अनुगमन गर्न संयन्त्र गठन गर्ने उल्लेख गरेको हो ।

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सहकारी संस्थाको दर्ता, नविकरण कार्यलाई विद्युत्तीय प्रणालीमा आवद्ध गरिने जनाईएको छ ।

सहकारी संस्थाहरुको संस्थागत क्षमता अभिवृद्धि गरी सेवा प्रवाहमा थप प्रभावकारिता ल्याउन सहकारी संस्थाहरुलाई एकीकरण गर्ने कार्यलाई प्रोत्साहन गरिने कार्यक्रममा उल्लेख छ ।

यसैगरी संकटग्रस्त सहकारीलाई संघ, प्रदेश र सम्बन्धित स्थानीय तहसँगको समन्वयमा प्रभावकारी व्यवस्थापनको लागि संस्थागत प्रबन्ध मिलाई सुधारका आवश्यक कार्य गर्ने उल्लेख छ ।

यस्तै महानगरले महिलाले संचालन गर्ने व्यवसायका लागि सहकारी गठन, विउपुँजी र व्यवस्थापन तालिम प्रदान गर्ने व्यवस्था मिलाउने जनाएको छ । 

चालु आर्थिक वर्षमा सहकारी संस्थाहरुको संस्थागत क्षमता अभिवृद्धि गरि सेवा प्रवाहमा थप प्रभावकारिता ल्याउन ६ वटा संस्थाहरुलाई एकीकरण गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।