किसान बहुउद्देश्यीय सहकारी संस्था लि.: एक चिनारी

किसान बहुउद्देश्यीय सहकारी संस्था लि.: एक चिनारी
संस्था परिचय | 2023-08-28 Share

परिचय

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड २०५२ सालमा कैलाली जिल्लाको प्रवेशࢵर लम्कीमा मुख्य कार्यालय रहने गरी २५ जना शेयर सदस्यहरुबाट ६० हजार तीन सय रुपैयाँ शेयर पुँजी संकलन गरी तत्कालीन सहकारी ऐन अन्तर्गत स्थापना भएको संस्था हो । साथै संस्थाले २०५४ सालमा नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोवार गर्न स्वीकृति समेत प्राप्त गरेको थियो ।

यस संस्थाले सदस्यहरुलाई आवश्यक सम्पूर्ण वित्तिय सेवा तथा कृषि प्रवद्र्धन कार्यक्रम मार्फत विभिन्न कृषि सम्बन्धी निःशुल्क तालिम तथा घरदैलौ मै परामर्श सेवा दिनुका साथै स्थानीयहरुलाई दैनिक उपभोग्य बस्तु शुलभ दरमा उपलब्ध गराउन तथा सदस्यका स्थानीय उत्पादनलाई बजारिकरण गर्न सहकारी सुपथ पसलको अवधारणा अनुसार किसान–कोप मार्ट सञ्चालन गरेको छ ।

संस्था विभिन्न समय परिस्थितिमा हुने भवितव्य विपत÷महामारीको समयमा समेत सदस्य तथा समुदायको साथमा रहि विभिन्न किसिमका राहत कार्यक्रम संचालन गर्दै आएको छ । 

संस्थाको भिजन: आर्थिक तथा सामाजिक रुपान्तरणका लागी गरिब तथा विपन्न परिवारलाई स्वरोजगार एवं आत्मनिर्भर बनाउने । 

संस्थाको मिसन:  गरिब किसान र साना उद्यमीहरुलाई वित्तिय तथा गैर वित्तिय सेवाको पहुँचमा ल्याई उनिहरुको गुणस्तरिय जिवनयापनका लागि सहकारीको मर्म बमोजिम नविनतम प्रविधिका साथ उद्यमशिलता र व्यवसायिकताको विकास गरि अधिकतम रोजगारी सृजना गर्ने । 

नारा:  ‘समृद्धिका लागि समुदाय संगसंगै’

यो संस्था सदस्य सुरक्षण सिद्धान्तलाई अवलम्बन गरी अन्तर्राष्ट्रिय स्तरको स्मार्ट सर्टिफाईड  प्राप्त गर्न सफल नेपालकै पहिलो संस्था हो । साथै यस संस्थाले आफ्ना सदस्यहरुलाई डिजिटल वित्तिय सेवा दिने उदेश्यले सुदुरपश्चिम प्रदेश मै पहिलो पटक एटीएम तथा क्यूआर मर्चेन्ट सेवा उपलब्ध गराएको थियो ।

अन्य विभिन्न किसिमका डिजिटल सेवाहरु समेत दिदै आएको छ ।  संस्थाले वित्तीय, किसान–कोप मार्ट र किसान–कोप एग्रो गरी तीन ओटा व्यवसायिक युनिट खडा गरेर सेवा प्रदान गर्दै  आएको छ ।


पृष्ठभूमि

सुदूरपश्चिम प्रदेशको प्रबेशद्धार कैलाली जिल्ला साविकको बलिया गा.वि.स.हाल लम्कीचुहा १ मा मिति २०५२ साल तिर भरखरै विस्तार हुन गैरहेको लम्की बजार विस्तारका क्रममा वित्तिय कारोबार गर्नका लागि साहु महाजनकै भर पर्नुपर्ने बाध्यतालाई मध्य नजर गरि  कुनैपनि बैंक तथा बित्तिय संस्था नभएकाले यस ठाउँमा बसोबास गर्दै आई रहेका  समुदायलाई एकत्रित गरि वित्तिय सेवा दिने उद्देश्यले संस्था दर्ता गर्ने सोच आयो । 

जहाँ बसोबास गर्दै आएको समुदाय आर्थिक रुपमा कमजोर तथा केही गरौं कि भन्ने ईच्छा चाहना भएकालाई सहज तरिकाले ऋण दिने र आफूले गर्दै आएको ब्यबसाय बाट केही रकम बचत पनि गर्नुपर्छ भन्ने कुरालाई मध्य नजर गर्दा संस्थाको आवश्यक्ता प¥यो । संस्थाले हाल यहाँ सम्म आई पुग्दा तपशिल अनुसार सदस्यको आवश्यक्तालाई पुरा गर्दै आईरहेको छ ।

तपशिल:

१. सुदूरपश्चिमको ३ वटा जिल्ला बाहेक सबै जिल्लामा ४१ वटा र  लुम्विनी प्रदेश बर्दिया जिल्लाको राजापुरमा सेवा केन्द्र मार्फत वित्तिय, सामाजिक तथा बिभिन्न किसिमका आवश्यकता पुरा गर्दै आएको छ ।

२. वित्तिय कारोबार  संचालनमा रहेको छ ।

३. कृषि परामर्श, मलखाद, विउ,बिजन बिक्रि तथा माटो परिक्षण केन्द्र संचालन गर्दै आईरहेको ।

४. अन्तर्राष्ट्रिय मापदण्ड भित्र रही ग्राहकलाई सेवा दिँदै आएकाले  सदस्य सुरक्षण अन्तर्गत स्मार्ट सर्टिफाईड नेपालकै अग्रणी संस्था रहेको ।

५. सुदुरपश्चिमको सहकारीहरुमा पहिलो एटीएम ब्त्ः सेवा दिँदै आईरहेको ।

६. सदस्य संगको सम्पूर्ण कारोबार ट्याब्लेट बैंकिङ त्बदभित दबलपष्लन मार्फत गर्दै  आएको ।

७. एक जना बिएस्सी एजी गरेको कृषि विशेषज्ञ र तीन जना जे.टी.ए. भेटेरीनरी मार्फत कृषि तथा पशुपालन सम्बन्धी तालिम सदस्यको घरदैलोमा गई संचालन गर्दै आईरहेको ।

८. सामाजिकरुपमा विभिन्न किसिमको जनचेतना, वित्तिय साक्षरता, सहकारी शिक्षा स्वास्थ्य शिविर, वातावरण मैत्री गाउँ निर्माण तथा निःशुल्करुपमा तरकारी बाली सम्बन्धी तालिम तथा बिउ बिजन वितरण तथा फलफूलका बेर्ना वितरण जस्ता थुप्रै कार्य गर्दै आईरहेको ।

९.महामारीमा शुन्य ब्याजदरमा १० हजार सम्म कर्जा दिँदै आईरहेको छ ।

१०. सदस्य सुरक्षण कोष अन्तर्गत बिभिन्न किसिमको सुविधा वितरण गर्दै आएको जस्तै:

  • सदस्य तथा सदस्यको श्रीमानको मृत्युमा घरदैलोमै गई श्रद्धाञ्जली कार्यक्रम गर्दै आएको 
  • सदस्य तथा श्रीमानको मृत्युमा काजकिरिया खर्च
  • सदस्य सुत्केरी सुविधा, घरमा आगलागी भएमा सुविधा वितरण गर्दै आएको ।
  • सदस्यका जेहन्दार छोरा, छोरी लाई हरेक वर्ष प्रत्येक शाखाबाट डाक्टर पढिरहेकालाई दश हजार रुपैयाँ र एस.ई.ई मा उत्कृष्ट अंक ल्याउनेलाई पाँच हजार रुपैयाँ प्रोत्साहन स्वरुप सुविधा वितरण गर्दै आईरहेको छ 

संस्थाका उद्देश्य

  • सहकारिताको मुल्य मान्यताको अवलम्बन गरि गरिब,विपन्न तथा पिछडिएको वर्गहरुको सामाजिक र आर्थिक विकासका माध्यमबाट जीवन स्तरमा सुधार ल्याई स्वावलम्बी समाजको निर्माण गर्दै समुदायमा दिगो सहकारी संस्थाको रुपमा स्थापित गर्ने ।
  • स्थानिय स्तरमै दक्ष जनशक्तिको विकास तथा स्थानिय स्रोत र साधन परिचालनको माध्यमबाट स्वरोजगारको अवसरहरु सिर्जना गर्ने ।
  • मानिसको जीवनमा महत्वपूर्ण भूमिका खेल्ने जुन वित्तिय कारोबार मार्फत  वित्तिय सेवा, कृषि कार्यलाई मध्यनजर गरि उत्पादनमा जोड दिई बैज्ञानिक ढंगबाट किसान एग्रो संचालन गर्ने ।
  • स्थानीय स्तरमा गुणस्तरीय बस्तु उत्पादन गरि स्थानीयलाई आत्मनिर्भर बनाउँदै गुणस्तरीय सामान खरिद तथा बिक्रीका लागि किसान कोप मार्फत सुपथ मूल्यमा सेवा प्रदान गर्ने ।

वित्तीय अवस्था

संस्थाले ४१ वटा शाखामा २ सय ९० जना कर्मचारीको ब्यवस्था गरेर सदस्यलाई वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्दै आएको छ । २०८० असार मसान्त सम्मको विवरण अनुसार संस्थामा ७३ हजार ३ सय ३२ जना महिला र ५ हजार ६ सय ६८ जना पुरुष गरि ७९ हजार जना शेयर सदस्य आवद्ध बनेका छन् । उक्त मिति सम्म संस्थाको शेयर पुँजी ४० करोड रुपैयाँ, बचत संकलन ३ अर्ब २२ करोड रुपैयाँ र लगानीमा रहेको रक ४ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।                                                                  
ऋण लगानी

संस्थाबाट सदस्यहरुले विशेषगरी कृषि तथा पशुपालन कर्जा अधिक लिएका छन् । संस्थाबाट ऋण लिएर सदस्यहरुले सिलाई कटाई, ब्युटीसियन, डल कुशन, होटल ब्यबसाय, केरा खेती, अचार उद्योग, कुखुरा तथा बाख्रा पालन, तरकारी खेती, माछा–मासु कटिङ सेन्टर लगायतका उद्यम तथा ब्यवसाय गरिरहेका छन् । 
संस्थागत ब्यवसाय

संस्थाले स्थानीयस्तरमा रोजगारी सिर्जना तथा उत्पादनका लागि कृषि फर्म संचालन गरि ८ जनालाई प्रत्यक्ष रुपमा रोजगार दिएको छ । अस्थाईरुपमा स्थानीय समुदायका पाँच जना मानिसलाई मासिक ज्यालादारीमा नियमित रोजगारी दिएको छ ।

कृषि फर्ममा संस्थाका आफ्ना सदस्यलाई निःशुल्क बेमौसमी तरकारी खेती लगायतको कृषि उत्पादन र कुखुरा, बाख्रा लगायतका पशुपन्छी पालन सम्बन्धी सिपमूलक तालिम प्रदान गर्दैआएको छ । यसैगरी सस्यलाई आत्मनिर्भर बनाउ अचार, डल कुसन, मैनबत्ती, अगरबत्ती बनाउने तालिम समेत दिँदै आएको छ ।

सहकारी संस्थाले उद्योग व्यवसाय संचालन गर्दा विशेषगरी दक्ष जनशक्तिको अभाव हुने, सहि तरिकाले कर्मचारीको ब्यबस्थापन गर्न नसक्दा समस्या उत्पन्न हुने, बजार ब्यबस्थापन गर्न कठिनाई हुने, ग्राहक आकर्षण गर्न नसकिने, बस्तु तथा सेवाको पहिचान गर्न नसकिने, ग्राहकको आम्दानीको श्रोत हेरेर ब्यबसाय संचालन नसकिने लगायतका चुनौती सामना गर्नुपर्ने रहेछ ।

सदस्य सेवा

संस्थाले सदस्यहरुलाई बचत तथा ऋण कारोबारका अतिरिक्त कृषि तथा एग्रो विजनेश, किसान कोप मार्ट, उद्यमशीलता विकास तालिम लगायतका जन्म देखि मरोणोपरान्त सम्म विभिन्न किसिमका सुविधा प्रदान गर्दै आएको छ ।

संस्थाले सदस्यको आवश्यकता र समय अनुसार सदस्यको सहजता र सफलताका लागि हाल प्रदान गरिरहेका सेवा सुविधालाई भावी दिनमा थप प्रभावकारी बनाउँदै लाने प्रण गरेको छ । 

हासिल उपलब्धि

विगतमा २५ जना शेयर सदस्यबाट ६० हजार ३ सय रुपैयाँ शेयर पुँजी संकलन गरेर स्थापना भएको संस्थामा हाल ७९ हजार जना शेयर सदस्य आवद्ध बनेका छन् भने  शेयर पुँजी ४० करोड रुपैयाँ पुगेको छ । यसैगरी संस्थाको वासलात ५ अर्ब २५ करोड ६५ लाख ८४ हजार रुपैयाँ रहेको छ ।

हाल संस्थाले सदस्यलाई दिँदै आएका विभिन्न किसिमका वित्तीय तथा गैर वित्तीय सेवा सुविधाले सामाजिकरुपमा संस्थाको छुटै पहिचान निर्माण भएको छ ।  बिगतमा लम्कीबाट मात्र सेवा दिँदै आएको संस्थाले हाल आएर सुदुरपश्चिमका दार्चुला, बझाङ र बाजुरा बाहेकका सबै जिल्ला र लुम्विनी प्रदेशको राजापुरबाट पनि सेवा प्रवाह गरिरहेको छ ।