मंगला गौरी सहकारीको १६औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नयाँबानेश्वर, थापागाउँमा रहेको सहस्रधारा बचत तथा ऋण सहकारी संस्थाले १९औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष सुरेश कुमार रेग्मीको सभापतित्वमा भदौ २१ गते पुरानोबानेश्वर स्थित मानसरोवर पार्टी प्यालेसमा आयोजित सभा नेपाल सरकारका पूर्व सचिव श्रीमान श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
सो अवसरमा समारोहमा उपस्थित अतिथि तथा शेयर सदस्यहरुलाई संस्थाका संचालक समिति सदस्य राजु पौडेलले स्वागत गरेका थिए ।
साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष रेग्मीले आर्थिक वर्ष (आ.व.) २०८१/८२ को वार्षिक प्रतिवेदन र चालु आ.व.का भावी कार्ययोजना पेश गरेका थिए ।
उनले संस्थाले दैनिक आम्दानी खर्चको हिसाब, कर्जा लगानी, कर्जा र निक्षेपको ब्याज हिसाब, चेक बुक लगायत सबै कार्यहरु कम्प्युटर सफ्टवेयरको माध्यमबाट छिटो, छरितो र सहजरुपमा गर्दै आएको बताए । साथै संस्थाले स्थापना कालदेखि नै सदस्यहरुको बचतबाट निर्माण भएको पुँजी अन्य सदस्यहरुको आवश्यकता अनुसार व्यापार व्यवसाय, उद्योग, शिक्षा, स्वास्थ्य उपचार, निजी आवासीय घर निर्माण र मर्मत, जग्गा खरिद लगायतमा लगानी गर्दै आएको जानकारी गराए ।
यसैगरी संस्थाका लेखा सुपरीवेक्षण समिति सदस्य ध्रुव चन्द्र गोदार थापाले लेखा परीक्षण प्रतिवेदन र कार्यकारी प्रमुख तोयानाथ फुयालले प्रगति प्रतिवेदन पेश गरे ।
सभामा पेश भएको प्रतिवेदन अनुसार गत असार मसान्त सम्ममा संस्थाको शेयर पुजी १ करोड ७८ लाख ६१ हजार रुपैयाँ, निक्षेप संकलन २४ करोड ९५ लाख ३६ हजार रुपैयाँ र ऋण लगानी १४ करोड ९८ लाख ४४ हजार रुपैयाँ कायम भएको छ ।
गत आ.व.को अन्त्य सम्ममा संस्थाको कर्जा नोक्सानी व्यवस्था, जगेडा कोष र विभिन्न कोषहरुमा गरेर लगभग पौने पाँच करोड रुपैयाँ संचिति रहेको छ ।
साधारण सभाले संचालक समितिको प्रतिवेदन तथा वासलात, लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, लेखा समितिको प्रतिवेदन, चालु आ.व.को वार्षिक कार्यक्रम तथा बजेट लगायतका प्रस्तावमाथि छलफल गरेर पारित गरको छ ।