स्टार बहुउद्देश्यीयको २८औं वार्षिक साधारण सभामा छात्रवृत्ति वितरण

मोरङ । विराटनगरमा रहेको स्टार बहुउद्देश्यीय सहकारी संस्थाको २८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष रमेशप्रसाद पोखरेलको सभापतित्वमा असोज ११ गते आयोजित साधारण सभाको उद्घाटन सत्रमा अग्रज सहकारी अभियन्ता मुक्ति बराल प्रमुख आतिथि रहेका थिए ।।
साधारण सभाको अवसरमा समाजसेवी दिनवन्धु गोयल र संस्थाद्धारा स्थापना गरिएको स्व–ओमप्रकाश गोयल–स्टार छात्रवृत्ती अन्तर्गत यस बर्ष पनि विभिन्न सामुदायिक विद्यालयबाट एसईई उत्तिर्ण ११ जना विधार्थीहरुलाई छात्रवृत्ति बितरण गरिएको छ ।
हरेक वर्ष सो कोषबाट जनही ७ हजारका दरले ११ जना विधार्थीहरुलाई छात्रवृत्ति वितरण गर्ने गरिएको छ । सोहि अवसरमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत वेनु सीता, पर्शुराम स्टार कोषवाट विराटेश्वर वृद्ध आश्रमको भवन निर्माणका लागि २५ बोरा सिमेन्ट उपलब्ध गराएको छ ।
सहकारीले स्थापनाकादेखि कारोबार गर्ने दुई जना सदस्यलाई विशेष सम्मान गरेको थियो भने असल ऋणि तथा असल बचतकर्ताहरुलाई पनि सम्मान गरेको थियो ।
सभामा संस्थाका अध्यक्ष पोखरेलले संचालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार संस्थाको कूल शेयर पूँजी ४ करोड १५ लाख ९१ हजार, कर्जा लगानी ३४ करोड ८५ लाख ४२ हजार, बचत ३५ करोड ५५ लाख ४९ हजार रहेको छ । संस्थाले आव २०८१ / ०८२ मा खुद नाफा ३८ लाख ५६ हजार नाफा कमाएको प्रतिवेदनमा उल्लेख छ ।
साधारण सभाले ४९ करोड ९० लाख १४ हजार ५ सय ८२ रुपैया वासलात रहेको प्रतिवेदनलाई पारित गरेको छ ।
सहकारीले नियमित कारोवारका अतिरिक्त रक्तदान कार्यक्रम, जेष्ठ नागरिक तिर्थाटन, जेष्ठ सदस्य सम्मान, साँस्कृतिक अन्तर घुलन, बृक्षारोपण, पोशाक वितरण, निशुल्क स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु समेत यस बर्ष संचालन गरेको जनाईएको छ ।