गोंगबु र नारायणगोपाल चोक क्षेत्रका सहकारीका अध्यक्षलाई क्षमता विकास तालिम

गोंगबु  र नारायणगोपाल चोक क्षेत्रका सहकारीका अध्यक्षलाई क्षमता विकास तालिम
समाचार | 2024-03-22 Share

काठमाडौँ  । राष्ट्रिय सहकारी बैंक लिमिटेड गोगबु र नारायणगोपाल चोक शाखा कार्यालयले आयोजना गरेको सहकारी संस्थाका अध्यक्षहरूको क्षमता विकास तालिम बुधबार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा मंगलबार र बुधवार सञ्चालन गरिएको तालिममा त्यस क्षेत्रका ३० ओटा सहकारी संस्थाका अध्यक्षहरूको सहभागिता रहेको थियो ।

सहकारी संघ संस्थाका अध्यक्षहरूको क्षमता अभिवृद्धि गरी सहकारी संघ संस्थालाई कुशलतापूर्वक सञ्चालन, व्यवस्थापन र नेतृत्व गर्न सक्षम बनाई संस्थालाई  सुशासन र पारदर्शी तवरबाट संस्था सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ । 

तालिममा सहकारी क्षेत्रको आन्तरिक नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापनमा सञ्चालक तथा अध्यक्षहरूको भूमिका, सहकारी ऐन नियमावली, आन्तरिक कार्यविधि तथा सहकारीमा सुशासन, बैठक सञ्चालन प्रक्रिया, नेतृत्वको भूमिका लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक एवम् शिक्षा तालिम तथा सम्मान उपसमितिका सदस्य ध्रुवराज विष्टले गर्नुभएको थियो । उद्घाटन पछि मन्तव्य राख्दै विष्टले सहकारीको कुशल व्यवस्थापनमा सञ्चालक समितिका अध्यक्षको नेतृत्वदायी भूमिका रहने बताउनु भयो । त्यसैगरी तालिमको समापन सत्रमा मन्तव्य राख्दै बैंकका संचालक एवम् बागमती प्रदेशका संयोजक रामहरि बजगाईले  नेतृत्वमा सहकारी सञ्चालन गर्ने क्षमता र सिप नहुँदा सहकारी संस्थामा समस्या आएको बताउनु भयो ।

तालिमले ज्ञान र सिपको विकास गरी सहकारी संस्थालाई फरक ढङ्गले सञ्चालन गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले सहकारीमा देखिएको वर्तमान चुनौतीलाई सामना गर्दै अभियानलाई थप सुदृढ बनाउन सबै पक्ष लाग्नु पर्नेमा जोड दिनु भयो ।

दुई दिन सम्म सञ्चालन भएको तालिमलाई सहकारी प्रशिक्षक सुर्य रिमाल  विभिन्न ८ वटा विषयमा सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा सहभागी संस्थाका अध्यक्षहरूले तालिम पश्चात् संस्थालाई थप उचाइमा लैजान र संस्थामा नेतृत्वदायी भुमिका खेल्न तालिम सहयोगी भएको बताएका छन् ।

तालिम कार्यक्रम सञ्चालन बैंकको गोगबु शाखाका प्रमुख बिष्णु गिरीले सन्चालन गर्नु भएको थियो ।साथै स्वागत मन्तव्य नारायणगोपाल चोक शाखा प्रमुख अनुजा सैजुले गर्नुभएको थियो ।