मध्यपुर थिमिमा सहकारीको ऋण तिर्न ऋणीलाई नगरपालिकाको ताकिता

मध्यपुर थिमिमा सहकारीको ऋण तिर्न ऋणीलाई नगरपालिकाको ताकिता
समाचार | 2024-03-26 Share

काठमाडौं । मध्यपुर थिमि नगरपालिकाले मातहतका सहकारी संस्थाबाट लिएको ऋण समयमै तिर्न ऋणी सदस्यलाई ताकिता गरेको छ ।

नगरपालिकाले सोमबार एक सूचना प्रकाशित गरेर सहकारीको ऋण नतिर्ने सदस्यको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा विक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउने कानुनी ब्यवस्था सम्झाएको हो ।

सदस्यले सहकारी संस्थाबाट लिएको ऋण समयमा चुक्ता नगर्दा सम्बन्धित संस्थालाई अन्य बचतकर्ता सदस्यहरुको निक्षेप फिर्ता गर्न समस्या परेको नगरपालिकाले उल्लेख गरेको छ ।

नगरपालिकाले सम्पूर्ण ऋणी सदस्यहरुलाई संस्थासंग गरेको सम्झौता अनुसार समयमै ऋणको सावाँ ब्याज भुक्तानी गरेर सहकारीमा देखिएको समस्या समाधान गर्न सहयोग गर्न आग्रह गरेको हो ।