कम्पास साकोसको १६ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम

कम्पास साकोसको १६ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम
समाचार | 2024-06-19 Share


काठमाण्डौ । चावहिलमा कार्यलय रहेको कम्पास बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले सोहै स्थापना दिवसको अवसर पारेर आसार ३ गते वृहत रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा जम्मा २५ जना सदस्यले रक्तदान गरेको थिए । संस्थाको कार्यलय परिसरमा आयोजित कार्यक्रमलाई काठमाण्डौ जिल्ला बचत तथा ऋण सहकारी संघ कास्कून र ब्लोदानले संयूक्त रुपमा आयोजना गरेको थिए ।
संस्थाका ब्यावस्थापक तारा घलेले दिनु भएको जानकारी अनुसार सहकारी संस्थाहरुले बचत तथा ऋण र नाफामा मात्र केन्द्रित नभई सामाजिक उत्तर दायित्व समेत बहन गर्नु पर्ने सहकारीको  मुल उदेश्य रहेकोले निरन्तर हरेक बर्ष स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गर्दै आएको बताउनु भयो ।उहाँले स्थापना दिवसमा उपस्थित हुनु हुने सम्र्पूण सदस्य माहानुभावहरु तथा रक्तदाताहरुलाई धन्यवाद दिदै आगामी दिनहरुकमा समेत साथ र सहयोग गर्न समेत अनुरोध गर्नु भयो ।