स्वर्णलक्ष्मी साकोसमा पुनः बुद्धिसागर बरालको अध्यक्षतामा नयाँ कार्यसमिति

स्वर्णलक्ष्मी साकोसमा पुनः बुद्धिसागर बरालको अध्यक्षतामा नयाँ कार्यसमिति
समाचार | 2025-10-15 Share

झापा ।  दमकमा मुख्य कार्यालय रहेकाे स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा नयाँ कार्यसमिति  चयन भएकाे छ ।

मंगलबार सम्पन्न भएकाे  संस्थाकाे  १६औं   वार्षिक साधारण सभाले  पुनः बुद्धिसागर बरालको अध्यक्षतामा आगामी चार वर्षको निम्ति ९ सदस्यीय सञ्चालक समितिको चयन गरेको हाे ।

 संस्थाका प्रमुख व्यवस्थापक कमलकुमार घिमिरेले  दिएकाे जानकारी अनुसार सञ्चालक समितिको उपाध्यक्षमा सञ्जिब रिमाल, सचिबमा चन्द्रमाया निरौला, अधिकारी (जमुना) र कोषाध्यक्षमा प्रेमकुमारी रिजाल (पुनम) निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा गंगा पौडेल, दिनेशकुमार अधिकारी, राजेन्द्र श्रेष्ठ, भिमबहादुर रायमाझी र भरतकुमार ढकाल चयन भएका छन् ।

यसैगरी साधारण सभाले लेखा सुपरिबेक्षण समितिकाे संयोजकमा गायत्रीप्रसाद पराजुली र सदस्यहरुमा अभिचन्द्र प्रसाईं र शुशिला काफ्लेलाई चुनेकाे छ ।

कार्यक्रममा नेफ्स्कुनका महासचिव घनश्याम अधिकारीले सहकारीविनाको समाज परिकल्पना गर्न नसकिने बताए । उनले देशभर फैलाईएको सहकारीहरुको नकारात्मक प्रचार र संक्रमणकालिन अवस्थालाई चिर्नुपर्ने चुनौती रहेको बताए ।

दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसार्र्इँले देशमा एकपछि अर्काे संकट आइरहेकाले सबै ब्यवसायहरु धरासायी बन्दै गएको परिप्रेक्ष्यमा सहकारी अभियान पनि यसबाट टाढा हुन नसक्ने तर्फ सजग हुनुपर्ने औंल्याए ।

सो अवसरमा काेअपरेटिभ मेनेजर्स क्लब झापाका अध्यक्ष खोमप्रसाद बगाले, दमक उद्योग बाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईँ  जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमकुमार कोइराला, लेखा सुपरिवेक्षण समिति संयोजक चुडामणी ओझा, स्वर्णलक्ष्मी साकोसका संस्थापक अध्यक्ष बासु काफ्ले, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपाने, लगायतले साधारण सभा सफलताको शुभकामना ब्यक्त गरे ।

सो अवसरमा संस्थाले बर्षेनी प्रदान गर्दै आएको स्वर्णलक्ष्मी साकोस पत्रकारिता पुरस्कारबाट पत्रकार बिमल लामिछानेलाई सम्मान गरेको छ । नगद १० हजार रुपैयाँ राशीको पुरस्कार, सम्मान पत्र र दोेसल्ला ओढाएर सम्मान गरिएको हो ।

यस्तै संस्थाले अग्रज व्यक्तित्व तुलसीराम प्रसाईं, कर्मचारीहरु कमल गड्तौला (फिल्ड उत्कृष्ट), बसन्त भट्टराई (हिरो अफ द स्वर्णलक्ष्मी), निर्मल धिमाल , झलक गौतम, रमेश वोहोरा, आशिष कार्की लगायतलाई पनि सम्मान गरेको छ ।

शिक्षा क्षेत्रमा उत्कृष्ट हुने शेयर सदस्यका छोराछोरीमध्येबाट छात्रा अनुदिता कोइराला र छात्र तर्फ सौरव सहनी नगद राशी सहित सम्मानित भएका छन् ।