सहकारी माहासंघवाट विभिन्न विधामा पुरस्कार तथा सम्मानको घोषणा

सहकारी माहासंघवाट विभिन्न विधामा पुरस्कार तथा सम्मानको घोषणा
समाचार | 2025-04-03 Share

राष्ट्रिय सहकारी महासंघले विभिन्न विधामा पुरस्कार तथा सम्मान गर्ने भएको छ । महासंघले ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा  आयोजित एक कार्यक्रममा यस क्षेत्रमा योगदान गरेका विभिन्न व्यक्ति तथा संघ/ संस्थालाई सम्मान तथा पुरस्कृत गर्ने घोषणा  गरेको हो ।

महासंघका उपाध्यक्ष तथा पुरस्कार छनोट समितिका संयोजक डि.बी बस्नेतले पुरस्कृत हुने व्यक्ति तथा संघ /संस्थाको नाम घोषणा गरेका हुन् । महासंघले राष्ट्रिय सहकारी पुरस्कारका लागि सहकारी अभियन्ताहरू मध्येबाट सहकारी अभियानमा लामो समय देखि क्रियाशिल  भुवनेश्वरी दुग्ध उत्पादक सहकारी संस्था लि. बरहथवा १५ सर्लाहीका अध्यक्ष गोविन्द प्रसाद उप्रेतीलाई सहकारी अभियानमा  पु¥याएको योगदान  भएको योगदानको कदर स्वरूप राष्ट्रिय सहकारी पुरस्कारवाट सम्मानित गरिने भएको छ ।

त्यसैगरी सञ्चारकर्मीहरू मध्येबाट  यस वर्षको सहकारी पत्रकारिता पुरस्कारका लागि नेपालपत्र न्युजडटकमका सम्पादक माधब खड्कालाई प्रदान गर्ने भएको छ । कर्मचारीहरु मध्येवाट जिल्ला सहकारी संघ लि रुपन्देहीका ब्यवस्थापक लक्ष्मी ज्ञवालीलाई उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार प्रदान गर्ने   भएको छ । केन्द्रीय सहकारी संघहरु मध्येवाट उत्कृष्ट नेपाल कृषि सहकारी केन्द्रीय संघ लि लाई उत्कृष्ट सहकारी पुरस्कार प्रदान गरिएने भएको छ  ।

 जिल्ला स्तरिय संघहरु मध्येबाट  दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि लाई उत्कृष्ट सहकारी पुरस्कार प्रदान गरिएको भएको छ । प्रारम्भिक सहकारी संस्थाहरू मध्येबाट उत्कृष्ट सहकारी ब्यवसाय पुरस्कार कोशी प्रदेश मेची कृषक बहुमुखी सहकारी संस्था लि मेचीनगर ७ झापा ,मधेश प्रदेशबाट महिला साना किसान कृषि सहकारी संस्था लि. लक्ष्मीनियाँ गा.पा ७ धनुषा ,वागमती प्रदेशबाट सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.पनौति ४ काभ्रेपलाञ्चोक र  गण्डकी प्रदेशबाट ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी संस्था लि. अर्जुन चौपारी रहेका छन् ।  

त्यसैगरी लुम्विनी प्रदेशबाट इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था लि., बुटवल ८ सुख्खानगर रुपन्देही,कर्णाली प्रदेशबाट चन्दननाथ बहुउद्धेश्यीय सहकारी संस्था लि. चन्दननाथ ५ जुम्ला र  सुदूरपश्चिम प्रदेशबाट जीवनज्योति बचत तथा ऋण सहकारी संस्था लि. दशरथ चन्द न.पा, बैतडीलाई प्रदान गरिने भएको छ । महासंघले हिजो घोषणा गरेको पुरस्कार तथा सम्मान अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदान गर्ने भएको छ ।