पाँच तारा साकोसको आयोजनामा वृहत रक्तदान, १ सय १७ जनाले गरे रक्तदान

पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले ६८ औं राष्ट्रिय सहकारी दिवस तथा १७ औं वार्षिकोत्सवको अवसरमा आज रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
संस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रममा १ सय १७ जना रक्तदाताले रक्तदान गरेका थिए । भक्तपुर रेडक्रस सोसाइटीकोे प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । संस्थाले हरेका बर्ष ‘रक्तदान जीवन दान’ भन्ने नारालाई सार्थक बनाउन रक्तदान कार्यक्रम गर्दै आएको छ । रक्तदान कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्र ढकाल, ब्लड डोनर्स एशोसिएसन नेपाल,काठमाडौंका जिल्ला शाखा अध्यक्ष तिलक अधिकारी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।