सहकारी दिवसमा तारकेश्वर नगरपालिका र जिल्ला संघको संयुक्त अन्तरक्रिया

सहकारी दिवसमा तारकेश्वर नगरपालिका र जिल्ला संघको संयुक्त अन्तरक्रिया
समाचार | 2025-04-04 Share

काठमाडौं । तारकेश्वर नगरपालिकाले ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नगरपालिकाले जिल्ला सहकारी संघ लिमिटेड, काठमाडौंको संयोजनमा चैत्र २० गते सहकारीका समसामयिक विषयमा सहकारीकर्मीहरुसंग अन्तरक्रिया गरेको हो । 

नगरपालिकाका प्रवक्ता राधा कृष्ण खड्गीको सभापतित्वमा आयोजित कार्यक्रममा नगरभित्र कार्यक्षेत्र रहेका ८७ ओटा सहकारी सस्थाका प्रतिनिधिहरुको सहभागिता गरेको थिायो ।

कार्यक्रमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)का अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि ढकालले सहकारीका मूल्य, मान्यता, सिद्धान्त र मार्गचित्र अनुरुप सहकारी संस्था संचालन गर्नुपर्ने बताए । उनले सहकारीका नराम्रा कुराको चर्चा गर्नु भन्दा राम्रा कुराहरुको प्रचार गर्नु पर्नेमा जोड दिए ।

नगरपालिका भित्र रहेका सहकारी संस्थाहरुलाई जोखिमुक्त पार्नका लागि सबैले सङ्कल्प गर्नुपर्ने उनको भनाई छ ।

जिल्ला सहकारी संघ लि., काठमाडौंका संचालक कविन्द्र रिमालले संचालन गरेको कार्यक्रममा स्वागत मन्तब्य राख्दै नगरपालिकाका सहकारी शाखा प्रमुख तिर्थराज थापा मगरले नगरपालिका भित्र रहेका सहकारीहरुको वित्तीय अवस्थाको बारेमा जानकारी गराए ।

कार्यक्रममा काठमाडौं जिल्ला सहकारी संघ लिमिटेडकी वरिष्ठ उपाध्यक्ष अमरावती महर्जन, नेफ्स्कूनका संचालक सुशिल कुमार बस्न्यात, नेफ्स्कून गोंगबु सेवा केन्द्र उपसमितिका सदस्य रविन्द्र के.सी., काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि. (कास्कून)का महासचिव निरञ्जन सेडाई, सहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष गोविन्द गिरी लगायतको उपस्थिति रहेको थियो ।