राष्ट्रिय सहकारी पत्रकारीता पुरस्कार माधव खड्कालाई

राष्ट्रिय सहकारी पत्रकारीता पुरस्कार माधव खड्कालाई
समाचार | 2025-04-04 Share

 

 

काठमाडौं । यो वर्षको राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कार नेपालपत्रका सम्पादक माधव खड्कालाई प्रदान गर्ने घोषणा गरेको छ । हरेक वर्ष राष्ट्रिय सहकारी महासंघले विभिन्न विधामा प्रदान गर्ने पुरस्कारमा सहकारी पत्रकारिता पुरस्कार खड्कालाई प्रदान गर्ने भएको हो ।

६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा महासंघले यस बर्षको सहकारी पत्रकारिता पुरस्कार सम्पादक खड्कालाई प्रदान गर्ने घोषणा गरेको हो । पुरस्कार आगामी अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदान गरिने जनाइएको छ ।