सप्तरीको आईडियल साकोसको वित्तीय विवरण सार्वजनिक

सप्तरीको आईडियल साकोसको वित्तीय विवरण सार्वजनिक
समाचार | 2025-06-16 Share

काठमाडौं । सप्तरीको राजविराजमा रहेको आईडियल बचत तथा ऋण सहकारी संस्थाले जेठ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

संस्थाले सोमबार सार्वजनिक गरेको विवरण अनुसार जेठ मसान्त सम्ममा संस्थामा १७ हजार ५ सय ९१ जना सदस्यबाट १२ करोड २३ हजार ९१ हजार रुपैयाँ शेयर पुँजी संकलन भएको छ ।

यसैगरी उक्त मिति सम्ममा संस्थाले १ अर्ब ८ करोड ७४ लाख ५७ हजार रुपैयाँ बचत संकलन गरेको संस्थाले ७५ करोड ९१ लाख ५० हजार रुपैयाँ ऋण लगानी गरेको छ ।

संस्थाको जगेडा कोषमा १२ करोड ५२ लाख ७४ हजार रुपैयाँ र विभिन्न कोषहरुमा ४ करोड २० लाख ४९ हजार रुपैयाँ रहेको संस्थाले जनाएको छ ।

यस्तै कुल संस्थागत पुँजी १३ करोड १२ लाख ५५ हजार रुपैयाँ र कूल सम्पत्ति १ अर्ब ४९ करोड ९ लाख २० हजार रुपैयाँ रहेको संस्थामा ५४ करोड ९७ लाख ५८ हजार रुपैयाँ तरलता रहेको छ ।

संस्थामा आवद्ध शेयर सदस्यहरु मध्ये १ हजार १ सय ७३ जना सदस्यले विभिन्न प्रयोजनका लागि कर्जा लिएको विवरणमा उल्लेख छ ।