सरकारले काही नविकेकाहरु सहकारी क्षेत्रमा आएको जस्तो ब्यावहार गर्योः अध्यक्ष ओम देवि मल्ल

काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सरकारले कही नविकेकाहरु सहकारी क्षेत्रमा आएको जस्तो ब्यवहार गरेको भन्दै उनले भनिन्, यो क्षेत्रमा पढेलेखेका मान्छेहरु पनि छन्, पच्चिसौं वर्ष यसै क्षेत्रमा बिताएका मानिसहरु पनि छौं । उनले जुनसुकै उद्देश्यका सहकारी स्थापना भएका भएपनि बचत ऋणको कारोबार वढी गरेको हुनाले स्वनियनको भरमा छाड्न नमिल्ने बताएकी हुन् ।
आइतबार सहकारी विभागले सहकारी प्रक्षिण केन्द्रमा आयोजना गरेको सहकारी सम्वन्धि समसामायिक विषयमा सहकारी महासंघ, केन्द्रीय संघ तथा सरोकारवालाहरु संगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नियमनकालागि कर्जा सूचना केन्द्रमा समावेस हुने कानुनी बाटो खोल्नु पर्ने बताइन् ।
उनले भनिन्, वित्तिय सहकारी स्वनियमनको भरमा छाड्न मिल्दैन, कर्जा सूचना केन्द्रमा सहभागी हुने बाटो खोलिदिनु पर्छ । अध्यक्ष मल्लले अन्य मूलुकले सहकारीको प्रवद्र्धन र विकासका लागि अर्बौ लगानी गरेको भएपनि हाम्रोमा सहकारी ऐनमा भएको ब्यवस्था पनि कार्यन्वयन नगरेको अवस्था रहेको जनाइन् ।
सरकारले सहकारी ऐनमा भएको ब्यवस्थालाई कार्यन्वयन नगरेको भन्दै कर्जा सूचना केन्द्रको स्थापना, कर्जा असुलि न्यायधिकरण, सहकारीको तथ्याङक राख्ने विषय पनि कुरा मात्र भएको र काम चाही नभएको बताइन् । उनले सरकारले सहकारी पिडित बचतकर्ताको पाँचलाख फिर्ता गर्ने कुरा पनि अलमलमै रहेको बताइन् ।
कमजोरी सहकारी अभियानको मात्र नभइ नियमक निकायको पनि रहेको अध्यक्ष मल्लको भनाइ थियो । उनले सहकारीकर्मीलाई हास्यको पात्र बनाइएको र अपमानित गरिएको गुनासो गरिन । हो, केही सहकारीमा समस्या आयो, केहीले बदमासी पनि गरेका छन् तर समग्र सहकारी क्षेत्र नै दुर्गधित भएको जस्तो बुझाइ सवैको भयो, सहकारीका राम्रा पक्षको प्रचार गर्न सकिएको छैन ।
त्यसैले सहकारी भन्ने वित्तिकै खराव नजरले मात्र हेर्ने अवस्थाको सिर्जना भएको छ । यसमा नियमक र अभियान दुवै बराबरी भागिदार हुनुपर्छ । उनले सहकारी नियमनका नाममा धेरै निकाय भएकोले अन्यौता सिर्जना भएकोले एउटा निकायले मात्र नियमन गर्नु पर्ने बताइन् ।
कोपोमिस मार्फत सहकारी नियमन हुनुपर्छ भन्ने हो भने, ७७ वटै जिल्लाको सहकारीको तथ्याङ्क आउनेगरी भरपर्दो र प्रभावकारी बनाउनु पर्ने बताइन् । सहकारी अनुगमनाकालागि संघहरुलाई पनि जिम्मेवार बनाउन जरुरी रहेको भन्दै अध्यक्ष मल्लले १८ वटा केन्द्रीय संघहरुको आवश्यकताको विषयमा छलफल गर्नुपर्ने बताइन् ।
जिल्ला, प्रदेश र केन्द्रले एउटै काम गरिरहेकोले यसमा गम्भिर भएर सोच्नु पर्ने उनको सुझाव थियो । एउटै काम गर्न तीनवटा तह आवश्यक नरहेको भन्दै सहकारीलाइ सुद्धिकरण र समृद्धिको बाटोमा लैजान संघहरुको परिभाषा स्पष्ट हुनुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।