कोशीका सहकारीलाई पाँच दिन भित्र सेवा केन्द्रको विवरण पठाउन निर्देशन

काठमाडौं । कोशी प्रदेशको सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले मातहतका सहकारीलाई पाँच दिन भित्र सेवा केन्द्रको विवरण पठाउन निर्देशन दिएको छ ।
कार्यालयले असार ९ गते एक सूचना प्रकाशित गरेर कोशी प्रदेशको नियमन क्षेत्राधिकार भित्र रहेर सेवा केन्द्र संचालन गरिरहेका सहकारीलाई विवरण पठाउन ताकिता गरेको हो ।
यस अघि बैशाख ३ गते यही व्यहोराको सूचना जारी गरेको स्मरण गराउँदै कार्यालयले अहिले सम्म सबै सहकारीले विवरण नपठाएको जनाएको छ ।
कार्यालयले सूचनामा संलग्न भएको ढाँचामा विवरण तयार पारेर एमएस एक्सेल फाईल सहित ईमेल गर्न निर्देशन दिएको छ ।