'अब नेफ्स्कूनले सिएफएफआई मार्फत सदस्यहरुको वित्तीय समाधान गर्छ'

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)को ३८ औं स्थापना दिवसको तयारी कस्तो छ ?
संघको ३८ औं स्थापना दिवसको तयारी सम्पूर्ण रुपमा पुरा भईसकेको छ । शनिबार सबै सदस्य संघ संस्थाहरु र सरोकारवालाहरु बीच सेलेब्रेशन गरी मनाईने हो । संघका गतिविधिहरु, उपलब्धी र आगामी मार्गचित्रको बारे जानकारी दिने लगायत यस वर्ष बचत तथा ऋण सहकारीको क्षेत्रमा उत्कृष्ठ योगदान दिने व्यक्ति तथा संघसंस्था पुरस्कार सम्मानको घोषणा र वितरण सँगै गर्ने तयारी रहेको छ ।
अब संघहरुको वित्तीय कारोबार के हुन्छ ? नेफ्स्कून यसमा कसरी अघि बढ्छ ?
संघहरुको वित्तीय कारोबार वा बचत तथा ऋणको कारोबार नियमित जान्छ, सहकारी ऐनले दिएको अधिकारको प्रयोग गर्दै जसरी व्यक्तिगत सदस्यहरु बीच प्रारम्भिक संस्थाले कारोबार गर्छ, त्यसरी नै सदस्य संस्थाहरु बीच संघले त्यसरीनै बचत र ऋणको कारोबार गर्छ । सहकारी ऐनको दफा ३०, ३३, ५० र ६३ का व्यवस्थाहरु अनुरुप कारोबार हुँदै जान्छ । किन भने बचत तथा ऋण सहकारीहरुलाई बाणिज्य बैंकहरुले ऋण दिँदैनन् । संस्था सञ्चालनको सबै समाधान संघहरुले दिनुपर्ने भएपछि, वित्तीय समाधान चाँहि कस्ले दिन्छ? संस्था सँधै सबल र सक्षम हुन्छ भन्ने छैन ।
सञ्चालनको क्रममा विभिन्न परिस्थीतिहरुको सृजना हुन्छ वित्तीय अभाव पर्न सक्छ, अधिक तरलता थुप्रिन सक्छ त्यो समयमा संघहरुले उक्त बचतको परिचालन गरेर वित्तीय समाधान दिनुपर्छ संघको विनियम २०५० मै सदस्यहरु बीच केन्द्रीय वित्त प्रणाली अन्तरलगानीको कार्यक्रम सञ्चालन गर्ने भनेर लेखिएकोछ यो विश्वव्यापी अभ्यास पनि हो ।
हाल नेफ्स्कूनमा एक हजार सदस्यहरुले बचत र ऋण दुबै सेवाहरु सहित उल्लेख्य मात्रामा वित्तीय कारोबार गरिरहेका छन् । यस आ.ब. देखि हामी ४ सय ४ सदस्यहरुलाई नै सक्रिय रुपमा अन्तरलगानीमा ल्याउछौं । एकले अर्कालाई अन्तरलगानी मार्फत श्रोतहरुको उपलब्धता गराउन सहजिकरण गर्ने विषय अन्तरलगानी हो । वित्तीय सहकारीहरुको सञ्चालनमा संघहरुको भुमिका र यही इकोशिष्टम मार्फतनै तालिम, शिक्षा, अनुगमन, विधि, प्रविधि र वित्तीय सेवालाई सँगसँगै लैजान्छौं ।
नियमनकारी निकायले नियमित सुपरिवेक्षणमा राखेपछि यो व्यवस्था पनि सहज हुन्छ र तुरुन्तै प्राधिकरणले संघको वित्तीय कारोबारको अनुगमन एवम् सुपरिवेक्षणको संयन्त्र तयार गर्छ, नियमित जोखिम सुपरिवेक्षण गरी तोकिएको मिति भन्दा अघि नै तरलताको मान्यता हामीहरुले पाउनेमा ढुक्क छौं । यसरी संघहरुले मान्यता पाउँदा साकोस सञ्जालको या भनौ संघहरुको पूँजि परिचालन २ खरब भन्दा माथि जान्छ ।
जहाँ सम्म तरलता गणनाको विषय छ यो समग्र अभियानको वहस पैरवीको विषय बनेकोछ । सरोकारवाला निकायहरु सँग यो विषयमा विभिन्न चरणका छलफलहरु भईरहेकाछन् । नियमनकारी निकायले नियमित सुपरिवेक्षणमा राखेपछि यो व्यवस्था पनि सहज हुन्छ र तुरुन्तै प्राधिकरणले संघको वित्तीय कारोबारको अनुगमन एवम् सुपरिवेक्षणको संयन्त्र तयार गर्छ, नियमित जोखिम सुपरिवेक्षण गरी तोकिएको मिति भन्दा अघि नै तरलताको मान्यता हामीहरुले पाउनेमा ढुक्क छौं ।
यसरी संघहरुले मान्यता पाउँदा साकोस सञ्जालको या भनौ संघहरुको पूँजि परिचालन २ खरब भन्दा माथि जान्छ । जारी मापदण्ड अनुरुप कानूनी समायोजन तर्फ हामी लाग्नुपर्नेछ संघ त्यसतर्फ अघि बढीसकेको छ र सोही अनुरुपका नीति तथा कार्यक्रमहरु पनि पारित गरी सकेको अवस्था छ ।
अब नेफ्स्कूनले बचत संकलन गर्न र ऋण लगानी बन्द गर्ने हो ?
होईन, बैंकिंग र वित्तीय सेवामा फरक छ, बचत तथा ऋण सहकारीका संघहरुले गर्ने वित्तीय सेवा वा अन्तरलगानी हो । जहाँ सदस्यहरुले बचत गर्छन र आवश्यक परेको समय ऋण लिन्छन् । नेफ्स्कून बचत तथा ऋण सहकारीहरुको विषयगत केन्द्रीय संघ भएका कारण बैंकिंग भन्दा सम्पुर्ण वित्तीय समाधान दिने गरीको अन्तरलगानीलाई प्रभावकारी बनाउँदै जाने विषय हो । सबै सदस्यहरुलाई बचत र ऋणको कारोबारमा अनिवार्य गराएर नियमनकारी निकायको अत्यन्त सघन सुपरिवेक्षणमा रही सदस्यहरुलाई वित्तीय सेवा दिने मोडालिटी लिएर अघि बढने हो रोक्ने वा बन्द गर्ने होईन ।
सदस्यहरुका लागि यस वर्षको ३८ औं स्थापना दिवसमा खास आकर्षण के छ ?
स्थापना दिवसमा नेफ्स्कूनले २०४५ साल देखि नेपालको बचत तथा ऋण सहकारी अभियानलाई सशक्त र जिम्मेवार बनाउनका लागि के कस्ता रणनीतिक चरणहरुमार्फत योगदान पु¥यायो र अवको मार्गदिशा के रहन्छ भन्ने बारे छलफल गरिन्छ । विशेष गरी संघहरुको भूमिका बचत तथा ऋण सहकारीको पक्षमा बहस पैरवी, सशक्तिकरण र क्षमता विकासका लागि तालिम शिक्षा, सदस्यहरुलाई सुशासन र वित्तीय मापदण्ड परिपालना गर्न लगाई सुरक्षित संस्था सञ्चालन गर्न अनुगमन, संस्थागत सञ्चालन र प्रक्रियालाई सहजिकरण गर्न विधिहरुको विकास, वित्तीय कारोबारका लागि सबै सदस्यहरुको सहभागीतामा अन्तरलगानी वा वित्तीय सेवा र नविनतम प्राविधिकीकरण गरी सदस्यहरुलाई प्रतिस्पर्धि सेवा दिनका लागि प्रविधि विकास र प्रवर्धन यस वर्षको खास आकर्षण रहनेछ । केही विषयहरु निरन्तरता र केही विषयहरुमा नयाँ थालनी रहनेछ ।