सहस्रधारा साकोसको १९औं वार्षिक साधारण सभा सम्पन्न

सहस्रधारा साकोसको १९औं वार्षिक साधारण सभा सम्पन्न
समाचार | 2025-09-24 Share

काठमाडौं । बानेश्वरमा रहेको सहस्रधारा बचत तथा ऋण सहकारी संस्थाले १९औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष बासुदेव ढुंगानाको सभापतित्वमा भदौ २१ गते आयोजित सभा राष्ट्रिय सहकारी बैंकका संचालक ध्रुव राज बिष्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

संस्थाका व्यवस्थापक गणेश खड्काले संचालन गरेको कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीलाई संस्थाका उपाध्यक्ष विष्णु शाक्यले स्वागत गरेका थिए ।
साधारण सभामा संस्थाका अध्यक्ष ढुंगानाले संचालक समितिको तर्फबाट आर्थिक वर्ष (आ.व.) २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरे । 

यसैगरी सभामा संस्थाका सचिव किशोर कुमार श्रेष्ठ ‘मूल’, कोषाध्यक्ष जीवन कुईंकेल र लेखा सुपरीवेक्षण समितिका संयोजक हरिकृष्ण भट्टराईले पनि आ–आफ्नो प्रतिवेदन पेश गरेका थिए ।

सभामा पेश भएको प्रतिवेदन अनुसार गत आ.व.मा संस्थाको शेयर पुँजी २२ लाख ६५ हजार रुपैयाँले बृद्धि भएर २ करोड २१ लाख ७० हजार रुपैयाँ कायम भएको छ । साथै निक्षेप संकलन १७ करोड ४९ लाख ६४ हजार रुपैयाँ र ऋण लगानी १५ करोड ४३ लाख ३९ हजार रुपैयाँ पुगेको छ । यसैगरी संस्थको जगेडा कोष उल्लेख्य मात्रामा बृद्धि भएर १ करोड ४ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।

संस्थाले नियमित बचतलाई जोड दिन पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बिमा सहितको ‘सहस्र नियमित बचत’ योजना संचालन गरेको छ । सदस्यहरुलाई विभिन्न सेवा प्रदायकरुको विप्रेषण सेवा उपलब्ध गराउँदै आएको छ ।सदस्यहरुलाई मोबाईल बैंकिङ र क्यूआर कोड मार्फत अभौतिक कारोबार तथा भुक्तानी सेवा उपलब्ध गराएको छ ।

संस्थाले सदस्यहरुको हितका लागि एउटा भलाई कोष समेत संचालन गरेको छ । हालसम्म संस्थाका ७ सय १३ जना मध्ये २ सय ४४ जना सदस्य यो कोषमा आवद्ध बनेका छन् । गत आ.व.मा संस्थाका चार जना सदस्यहरुले जनही २० हजारका दरले यो कोषको उपयोग गरेका छन् ।

साधारण सभाको अवसर पारेर संस्थाले गत वर्षको एसईई परीक्षा उत्तीर्ण गरेका शेयर सदस्यका छोराछोरी र उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्नुका साथै शेयर सदस्यहरुतर्फ असल ऋणी र असल बचतकर्तालाई सम्मान गरेको थियो ।