डाँफे सामुदायिक साकोसको अठारौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अठारौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
दमक-८ स्थित कस्मिक पार्टी प्यालेसमा भदौ २० गते आयोजित कार्यक्रम संस्थाका अध्यक्ष तुलाराम न्यौपानेको सभापतित्वमा सम्पन्न भएको हो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का महासचिव घनश्याम अधिकारी प्रमुख अतिथि रहेको कार्यक्रममा जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष तथा मेची बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराई विशिष्ट अतिथि रहेका थिए ।
यस्तै दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवी प्रसाद (गोपाल) गुरागाई, दमक नगरपालिका सहकारी विभाग प्रमुख इच्छाराम चम्लागाई, जीवनचक्र नेपालका अध्यक्ष गणेश गौतम लगायत सहकारीसँग सम्बन्धित विभिन्न क्षेत्र, तह र तप्काका प्रतिनिधिहरु,समाजसेवीसहितको आतिथ्यता रहेको थियो ।
उपाध्यक्ष सन्तोषकुमार श्रेष्ठले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा अध्यक्षको प्रतिवेदन अध्यक्ष न्यौपाने स्वयंले वाचन गरे का थिए भने लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा संयोजक हेमचन्द्र खनालले गरेका थिए । उक्त कार्यक्रममा संगिनी नाच साथै सन्थाल नृत्य पनि प्रस्तुत भएको थियो ।
सो संगिनी नाचको गायनमा संस्थाका शेयर सदस्यहरु चन्द्रा मैनाली र रञ्जना श्रेष्ठ थिए भने सुशिला श्रेष्ठ, देवि खुलाल आचार्य, चन्द्रा श्रेष्ठ, कमला सुवेदी, गिता खरेल, सविना खरेल, रक्षा सुवेदी, रमा बराल र उमा पाठक रहेका थिए भने सन्थाल नृत्य शेयर सदस्यहरु चम्पा बास्की, रनी हेमरम सतार,निलम टुडु,तालामहि हेमरम सतार ,कमला र्मुर्मुले प्रस्तुत गरेका थिए। सहकारी मा आवद्ध सदस्यहरुको ठूलो जमघट भएको सो कार्यक्रममा सप्तरंगी एफएमका प्रबन्ध निर्देशक गिरीराज भट्टराई सम्मान गरिएको थियो ।
सो कार्यक्रममा ज्येष्ठ शेयर सदस्य रसिला देवी बराल उत्कृष्ट कर्मचारी ओमप्रकाश सापकोटा, शैक्षिक अभिभावकत्व ग्रहण बाबु भुवन भुजेल, आमा केमिला सुवार भुजेलको छोरी अलिसा भुजेललाई सम्मान गरिएको थियो । यस बाहेक सहकारीमा योगदान पु¥याउने विभिन्न क्षेत्रबाट समेत सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन संस्थाका सचिव लिलानाथ खनालले गरेका थिए ।
कार्यक्रममा वक्ताहरुले सहकारी आन्दोलन र यसले झेल्नुपरेका समस्याको बारेमा बोलेका थिए । ६ वटा सेवाकेन्द्र र १ वटा मुख्यकार्यालय गरि जम्मा ७ वटा कार्यालय बाट यस संस्थाले सेवा उपलब्ध गराईरहेको सो साकोसले सदस्यहरुलाई शल्यक्रिया खर्च, आगलागी राहात, प्राणघातक उपचार राहात, मृत्यु राहात र जीवन साथी जस्ता शीर्षकमा सेवा सुविधा दिँदै आएको छ । ९४४३०५६७६ वासलात रहेको सो संस्थामा ९२४९ जना सदस्य रहेका छन् ।