बागमती प्रदेश सहकारी मन्त्रायलकाे आयाेजनामा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडाैं । बागमती प्रदेश सरकार सहकारी तथा गरिबी निवारण मन्त्रालयले आयोजना गरेकाे सहकारी सम्बन्धी एक दिवसीय जिल्ला स्तरीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
मन्त्रालयले बागमती प्रदेश सहकारी संघको समन्वयमा कार्तिक २५ गते आयाेजना गरेकाे अन्तर्क्रिया कार्यक्रम मन्त्रालयको सभाहल हेटौंडामा सम्पन्न भएको हाे ।
मन्त्रालयका सचिव खुविराम अधिकारीको अध्यक्षतामा आयाेजित कार्यक्रम बिभागीय मन्त्री बिनु रायमाझी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।
बागमती प्रदेश सहकारी संघका अध्यक्ष राममशरण शर्मा घिमिरेको आतिथ्य रहेकाे कार्यक्रममा मन्त्रालयका प्रशासन, योजना तथा अनुगमन महाशाखाका प्रमुख उमेश कुमार दहालले कार्यक्रमको बारेमा प्रकाश पार्दै उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गरेका थिए ।
कार्यक्रमको पहिलो चरणमा बागमती प्रदेश भित्रका १२ वटा जिल्ला सहकारी संघको तर्फबाट जिल्ला सहकारी संघ दोलखका व्यवस्थापक राजकुमार दहाल, रामेछाप जिल्ला सहकारी संघको तर्फबाट अध्यक्ष हिमाल ढुङ्गेल, जिल्ला सहकारी संघ सिन्धुलीको तर्फबाट अध्यक्ष नवराज कोईराला, जिल्ला सहकारी संघ सिन्धुपाल्चोकको तर्फबाट उपाध्यक्ष हिम बहादुर आचार्य, जिल्ला सहकारी संघ काभ्रेको तर्फबाट अध्यक्ष अमन पोटे श्रेष्ठ र जिल्ला सहकारी संघ भक्तपुरको तर्फबाट अध्यक्ष ध्रुव रायमाझीले जिल्लाकाे सहकारी अभियानकाे बारेमा जानकारी गराएका थिए ।
यसैगरी जिल्ला सहकारी संघ ललितपुरको तर्फबाट सचिव अनिलबीर बज्राचार्य, जिल्ला सहकारी संघ काठमाडौको तर्फबाट महासचिव बालकुमार बाँस्तोला, धादिङ जिल्ला सहकारी संघको तर्फबाट व्यवस्थापक शेर बहादुर गुरुङ, जिल्ला सहकारी संघ नुवाकोटको तर्फबाट लेखा संयोजक भोजराज पनेरु, जिल्ला सहकारी संघ मकवानपुरको तर्फबाट सहायक राजकुमार के.सी. र जिल्ला सहकारी संघ चितवनको तर्फबाट व्यवस्थापक विनोद खतिवडाले पनि जिल्लागत सहकारीको अवस्थाको बारेमा प्रस्तुतिकरण गरेका थिए ।
यस्तै कार्यक्रमको दोश्रो चरणमा बागमती प्रदेश सहकारी संघको तर्फबाट व्यवस्थापक रुपक घिमिरे, बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको तर्फबाट सदस्य सचिव महेश आचार्य र बागमती प्रदेश सहकारी तालिम केन्द्र भरतपुर चितवनको तर्फबाट प्राचार्य विष्णु अधिकारीले प्रस्तुतिकरण गरेका थिए ।
बागमती प्रदेश सहकारी तथा गरिबी निवारण महाशाखाको तर्फबाट महाशाखा प्रमुख तथा रजिष्ट्रार प्रदीपराज पौडेलले जिल्लास्तरीय सहकारी संघहरुको तर्फबाट प्रस्तुत कार्यपत्रबाट प्राप्त निष्कर्ष सहित सहकारीको वर्तमान अवस्थाको विषयमा आफ्नो कार्यालयले सञ्चालन गरिरहेको कार्य र आगामी कार्यदिशाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यसैगरी कार्यक्रमको तेश्रो तथा अन्तिम सत्रमा बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले प्रदेश सहकारी ऐन २०७६ संशोधनको विषयमा चर्चा गर्दै बागमती प्रदेशको सहकारी अभियानको समसामयिक विषयवस्तु प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री रायमाझी पौडेलले सहकारीको वर्तमान समस्याबाट सफल अवतरणका लागि प्रदेश सरकार र सहकारी अभियानबीच सहकार्यको जरुरत रहेकाले सम्पूर्ण सहकारीकर्मीहरुलाई एकताबद्ध भई मन्त्रालयसँग सहकार्य गर्न आग्रह गरिन् ।
कार्यक्रमको अन्त्यमा मन्त्रालयका सचिव खुविराम अधिकारीले सहकारी ऐन र नियमावलीलाई समयानुकूल बनाउँदै लगिने र संघहरुसँगको साझेदारी कार्यक्रम मार्फत् सहकारी अभियानसँग सहकार्य गर्ने मन्त्रालयको याेजना रहेको बताए ।
साथै उनले व्यस्त समयका बाबजुद निमन्त्रणालाई स्वीकारेर कार्यक्रम सफल बनाउन उपस्थित भएका १२ वटै जिल्लाका सम्पूर्ण सहभागीहरुलाई धन्यवाद् ज्ञापन गरे ।


