जनउत्थान साकाेस कर्जा सूचना केन्द्रमा अवद्ध
काठमाडौं । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाको कोटीहवामा रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्था कर्जा सूचना केन्द्रमा अवद्ध भकाे छ ।
जनउत्थान साकोसले इन्स्टिच्युसनल कोड CP00002 प्राप्त गरेको छ । सूचना केन्द्रले माघ ७ गते सूचना जारी गरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुका लागि सदस्यता आव्हान गरेको थियो ।
अन्य बैंक वित्तीय संस्था तथा सहकारीहरूलाई जस्तै त्यस संस्थालाई पनि कर्जा सूचना सम्बन्धी सबै सेवाहरू प्रदान गर्न केन्द्र सदा तत्पर रहेको जनाएको छ ।
अनुशासित कारोबार गर्नेलाई स्वागत भन्दै नगर्नेलाई समयमै सुध्रिएर असल मालिक बन्न र ऋण लगेर नतिर्ने मालिकहरुको नाम कालो सूचीमा राख्न र मालिक शेयर सदस्यहरुको कर्जा सूचना प्राप्तगर्न अब कर्जा सूचना केन्द्रको सदस्यता लिएको जनउत्थान साकोसका प्रमुख कार्यकारी अधिकृत रणबहादुर थापाले जनाएका छन् ।
कर्जा सूचना केन्द्रले सञ्चालनमा ल्याएको सदस्यता संस्था(हरू) दर्ता प्रणालीमार्फत सहकारी संस्थाहरूले अनलाइन माध्यमबाट सदस्यताका लागि आवेदन दिन सक्नेछन् ।


