हाम्रो सुपर साकाेस प्राधिकरण र कर्जा सूचना केन्द्रमा आवद्ध

हाम्रो सुपर साकाेस प्राधिकरण र कर्जा सूचना केन्द्रमा आवद्ध
समाचार | 2026-02-03 Share

काठमाडौं । नवलपरासीको बर्दघाटमा रहेको हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचना केन्द्र लि. मा आवद्ध भएको छ । 

बचत तथा ऋणको कारोबार गर्ने संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ को दफा ४ बमोजिम संस्थाले प्राधिकरणमा दर्ता अभिलेखीकरण भई संस्था सञ्चालन इजाजतपत्र प्राप्त गरेको हो । संस्थाको इजाजतपत्र नं २०६७–०००८७ रहेको छ ।

तत्कालिन डिभिजन सहकारी कार्यालय नवलपरासीमा दर्ता भएको संस्थाको हाल नवलपरासीकाे बर्दघाट न.पा., रामग्राम न.पा. तथा सरावल र प्रतापपुर गाउँपालिकामा कार्यक्षेत्र रहेको छ । 

त्यसैगरी संस्थाले कर्जा सूचना केन्द्र लि. बाट दर्ता गरिएको पत्र पाएको छ । प्राधिकरणबाट पाएको इजाजतपत्र सहितको विवरण तथा शुल्क भुक्तानी गरी अनलाइन आवेदन दिइ संस्था कर्जा सूचना  केन्द्रमा आवद्ध भएको हो ।

नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले उक्त संस्थाबाट प्रतिनिधित्व गरेका छन् । बचत तथा ऋणको कारोबार गर्ने उक्त संस्था दुबै निकायमा आवद्ध  पछि  वित्तीय कारोबार गर्न इजाजत पाउनुका साथै ऋण लगानी गर्दा सदस्यको पहिचान गर्न सहज हुनेछ।