जनसचेतन र हाम्रो साकाेस कर्जा सूचना केन्द्रमा आवद्ध
काठमाडौं । दोलखाको वैतेश्वर न.पा.५–काभ्रेमा मुख्य कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्था र ललितपुर महानगरपालिका लगनखेलमा रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था कर्जा सूचना केन्द्रमा अवद्ध बनेका छन् ।
सूचना केन्द्रले माघ ७ गते सूचना जारी गरेकाे सूचना अनुसार दर्ताकाे आवेदन दिएकाे हाम्राे साकाेसले सूचना केन्द्रबाट इन्स्टिच्युसनल कोड CP00002 प्राप्त गरेको छ ।
हाम्रो साकोसले कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले जनाए । उनले सहकारी क्षेत्रमा पारदर्शिता, कर्जा अनुशासन तथा जोखिम व्यवस्थापनलाई थप सुदृढ बनाउने र केन्द्रसँग आबद्ध भएपछि सहकारीको कर्जा सूचना प्रणाली व्यवस्थित हुनुका साथै दोहोरो कर्जा, अस्वस्थ प्रतिस्पर्धा र जोखिम न्युनिकरणमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।
यसैबीच जनसचेतन साकाेसले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा विवरण अभिलेखीकरण गरेर ‘संस्था सञ्चालन इजाजतपत्र’ प्राप्त गरेको छ ।
चत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड,२०८२ को दफा ४ बमोजिम जनसचेतन साकोसले दर्ता अभिलेखीकरण प्राप्त गरेको हो । संस्थाको इजाजतपत्र नं.२०५०–००३७० रहेको छ । तत्कालिन डिभिजन सहकारी कार्यालय काभ्रेपलाञ्चोकमा दर्ता रहेको उक्त संस्थाको कार्यक्षेत्र दोलखा,काभ्रेपलाञ्चोक,भक्तपुर,काठमाडौं र ललितपुर महानगरपालिका रहेको छ ।


