केन्द्रीय दुग्ध सहकारी संघले सरकार समक्ष राखेका माग पुरा नभए फागुण १४ देखि आन्दोलन गर्ने

काठमाडौं । केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले सरकारले आफ्ना माग पुरा नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।
संघले फागुन ७ गते सरकारसमक्ष विभिन्न ८ बुँदे माग राख्दै माग पुरा नभए फागुन १४ गतेदेखि आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।
आन्दोलन अन्तर्गत फागुन १४ र १५ गते जिल्ला प्रशासन कार्यालयमा जिल्ला दुग्ध उत्पादक सहकारी संघको अगुवाइमा विहान १० देखि १२ बजेसम्म २ घण्टा धर्ना, विरोध तथा ज्ञापन पत्र बुझाउने संघले जनाएको छ ।
यसैगरी फागुन १७ गते जिल्ला दुग्ध उत्पादक सहकारी संघहरुको नेतृत्वमा विहान १० देखि १२ बजेसम्म २ घण्टा राजमार्ग तथा संभावित सडक मार्गहरुमा शान्तिपूर्ण चक्काजाम गर्ने कार्यक्रम तय गरेको छ ।
यति गर्दा पनि सरकारले माग सम्बोधन नगरे फागुन २१ गते देखि माग पुरा नभए सम्म निरन्तर माइतीघर मण्डलामा धर्ना तथा विरोध प्रदर्शन गर्ने संघले जनाएको छ ।
संघले जारी गरेको प्रेस विज्ञप्ति