आज विश्वभरि १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाईंदै

आज विश्वभरि १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाईंदै
समाचार | 2025-07-05 Share

काठमाडौं । आज विश्वभरिका सहकारी संघ/संस्था र सरोकारवाला निकायहरुले Cooperatives: Driving Inclusive and Sustainable Solutions for a Better World अर्थात ‘सहकारीहरुः एक राम्रो विश्व निर्माणका लागि समाावेशी र दिगो समाधानका संवाहक’  शीर्षककको नाराक साथ विभिन्न कार्यक्रम आयोजना गरेर १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवस (कोअपस् डे) मनाउँदै छन् ।

अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए)को आह्वानमा संसारभरिका सहकारीले सन् १९२३ देखि हरेक वर्ष जुलाई महिनाको पहिलो शनिबार यो दिवस मनाउने गरेका हुन् ।

सन् १९९५ मा संयुक्त राष्ट्र संघ (यूएन)को महासभाले समुदायको सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासमा सहकारीको पु¥याएको महत्वपूर्ण योगदानको कदर गर्दै यस दिनलाई संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय सहकारी दिवसकोरुपमा मनाउने घोषणा गरेको थियो ।

यसरी राष्ट्र संघले यो दिवसलाई औपचारिकरुपमा आत्मसात गरेपछि सन् १९९५ देखि आइसीए र यूएन अन्तर्गतको सहकारी प्रवद्र्धन र विकास सम्बन्धी समिति (कोप्याक)ले संयुक्तरुपमा अन्तराष्ट्रिय सहकारी दिवसको थिम तय गर्दै आएका छन् ।

यसैगरी नेपालमा सन् १९९३ जुन २० मा स्थापना भएको राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसका दिन आफ्नो स्थापना दिवस मनाउने गरेको छ । महासंघले हरेक वर्ष राष्ट्रिय सहकारी महासंघ दिवसको अवसरमा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान तथा उत्कृष्ट सहकारी पुरस्कार प्रदान गर्ने गरेको छ ।

महासंघले हरेक वर्ष चैत्र २० गते मनाईंने राष्ट्रिय सहकारी दिवसको अवसरमा घोषण गरेको सम्मान तथा पुरस्कार अन्तर्राष्ट्रिय सहकारी दिवस तथा  राष्ट्रिय सहकारी महासंघ दिवसको अवसरमा प्रदान गर्दै आएको छ ।

महासंघले आज बिहान ११ बजे ललितपुर, कुपण्डोल स्थित होटल हिमालयमा एक औपचारिक कार्यक्रम आयोजना गरेर दिवस मनउँदै छ ।

कार्यक्रममा अर्थ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्र बैंक, सहकारी विकास बोर्ड लगायतका सरकारी निकायहरूको पनि संलग्नता रहने जनाइएको छ ।

दिवसले सहभागितामूलक, समानता, न्याय र मानवीय मूल्यमा आधारित सहकारी विकासलाई जोड दिने सन्देश दिएको छ ।