अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा ग्लोबल साकोसको रक्तदान कार्यक्रम

ललितपुर । ग्लोबल बचत तथा ऋण सहकारी संस्थाले १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले शनिबार ब्लड डोनर्श एशोसियशन ललितपुरको आह्वानमा आयोजना गरेको रक्तदान कार्यक्रममा ८३ जना रक्तदाताले रक्तदान गरेका थिए ।
प्रतिनिधि सभाकी सांसद रण कुमारी बलम्पाकी मगरले कार्यक्रमको उद्घाठन गर्नुसका साथै प्रसंशापत्र समेत वितरण गरेकी थिईन ।
ग्लोबल साकोसका अध्यक्ष टलक बहादुर श्रेष्ठ, संचालक समितिका सदस्यहरु, लेखा समिति संयोजक ताराराम श्रेष्ठ र कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा ब्लोदान ललितपुर जिल्ला अध्यक्ष सानुलाल महर्जन, सचिव प्रतिक तामाङ, सदस्य हरि बहादुर श्रेष्ठ (नवीन), तुलसादेबी श्रेष्ठ, कल्पना थापा र समाजसेवी लक्ष्मण जोशीले रक्तदताहरुलाई हौसला, प्रेरणा, सल्लाह र सहजीकरण गरेको संस्थाले जनाएको छ ।
रक्तसंचार सेवा विशेषज्ञ डा. मनिता श्रेष्ठ राजकर्णीकारको नेतृत्वमा स्टार हस्पिटल सानेपाका प्राविधिकहरुले रक्तदान कार्यमा सहयोग सहयोग गरेका थिए ।
संस्थाले रक्तदान कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि प्रत्यक्ष वा अप्रत्यक्षरुपले सहयोग गर्ने सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।